मध्यपश्चिम विश्वविद्यालयलाई पत्रकारिता अध्ययन र अनुसन्धानको हव बनाउँछौँ

थाहा खबर

सुर्खेत

धर्मराज जिसी 

मध्यपश्चिम विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तहमा अहिले पढाइ चलिरहेको छ। स्नातक तहका ४ वटा सेमेस्टर र स्‍नातकोत्तर तहको दोस्रो सेमेस्टरको पढाइ जारी छ। पत्रकारिताका लागि विश्वविद्यालयको वर्तमान अवस्था र अध्यापनको चुनौतीबारे विश्वविद्यालय, मानविकी र समाजशास्त्र केन्द्रीय क्याम्पसको आमसञ्‍चार तथा पत्रकारिता विभागका प्रमुख तथा उप-प्राध्यापक युवराज शर्मासँग मध्यपश्चिम विश्वविद्यालयमा पत्रकारिता विषयको अध्ययनको सान्दर्भिकताका विषयमा थाहाकर्मी धर्मराज जिसीले गरेको कुराकानीको सम्पादित अंश :

मध्यपश्चिम विश्वविद्यालयमा पत्रकारिता विषयको अध्ययन अध्यापनको अवस्था कस्तो छ?

स्नातक र स्‍नातकोत्तर तहमा अहिले पढाइ  सञ्‍चालन भइरहेको छ। स्नातक तहका ४ वटा सेमेस्टर र स्‍नातकोत्तर तहको दोस्रो सेमेस्‍टरको पढाइ जारी छ।  अब १२ को र ब्याचलर ८ औं ब्याचको रिजल्ट आयो भने ब्याचलर र मास्टरमा पहिलो सेमेस्टर भर्ना हुन्छ। हामीले भर्ना पनि खोलिसकेका छौँ।

विकासको हिसाबले अन्य क्षेत्र कर्णाली पछि परेको ठाउँमा पत्रकारिता अध्यापनको सान्दर्भिकता कस्तो देख्नुहुन्छ?

भाौगलिक विकटताले पढाएको गतिलाई रोक्न सक्दैन। शिक्षित र सीपयुक्त मानवले नै भौगलिक विकटतालाई छिचोलेर विकासको मूलधारमा अगाडि लैजान सक्छन् भन्ने मान्यता हाम्रो हो। हामी भूगोलले मात्र पछाडि नपरेर आमसञ्‍चारको विकासका लागि शिक्षामा पनि पछाडि परेका छौँ।

यो कुराको महसुस गरेर नै पत्रकारिता विषयको पढाइ गर्नुपर्छ भनेर अगुवाई गरेको हो। जसरी अध्ययनसहित पत्रकारितामा आएका व्यक्तिले देश राज्यले बनाउनुपर्ने, कर्णाली प्रदेशले बनाउनुपर्ने  निति नियम निर्माणमा इनपुट दिन सक्छन्। 

नपढेर गरेर बुझ्ने पत्रकारिताभन्दा पनि अध्ययन गरेर बुझेर, पढेर गरिने पत्रकारितालाई प्रदेशको, क्षेत्रको विकासमा  टेवा दिन्छ भन्ने हाम्रो मान्यता हो।

प्रकाशित मिति: : 2021-01-23 15:13:00

प्रतिकृया दिनुहोस्