सामसुङले आफ्नो ग्यालेक्सी एस २१ सिरिजका स्मार्टफोन लञ्च गरेको छ। एक अनलाइन इभेन्टमार्फत् ग्यालेक्सी एस २१, ग्यालेक्सी एस २१ प्लस र ग्यालेक्सी एस २१ अल्ट्रा गरी तीनवटा स्मार्टफोन सार्वजनिक गरिएकाे हाे।
ग्यालेक्सी एस २१ मा स्नापड्रागन ८८८ तथा एक्जीनोस २१०० चिपको प्रयोग भएको छ। ग्यालेक्सी एस २१ मा ट्रिपल क्यामरा सेटअप रहेको छ। सामसुङका अनुसार ग्यालेक्सी एस २१ मा अहिलेसम्मकै सबैभन्दा तीव्र गतिको चिपको प्रयोग गरिएको छ।
ग्यालेक्सी एस २१ बायोलेट, पिंक, ग्रे, व्हाइट गरी चार रङमा उपलब्ध हुनेछ। त्यस्तै ग्यालेक्सी एस २१ प्लस सिल्भर,ब्ल्यक, बायाेलेट रङमा उपलब्ध हुनेछ।

ग्यालेक्सी एस २१ को स्क्रिन साइज ६.२ इन्च छ। त्यस्तै एस २१ प्लसको ६.७ इन्च र एस २१ अल्ट्राको स्क्रिन साइज ६.८ इन्चको रहेको छ।
ग्यालेक्सी एस २१ दुई मोडेलमा हुनेछ। एउटामा ८ जिबी प्रोसेसर र १२८ जिबीको इन्टर्नल मेमोरी हुनेछ भने अर्कोमा ८ जिबीको प्रोसेसर र २५६ जिबीको इन्टर्नल मेमोरी रहनेछ।
त्यस्तै एस २१ प्लस पनि सोही प्रकारले दुई मोडेलमा उपलब्ध रहनेछ।
ग्यालेक्सी एस २१ अल्ट्रा चाहिँ १२ जिबीको प्रोसेर र २५६ जिबीको इन्टर्नल मेमोरी तथा १६ जिबीको प्रोसेसर र ५१२ जिबीको इन्टर्नल मेमोरीसहितका दुई मोडेलमा उपलब्ध हुनेछ।

ग्यालेक्सी एस २१ र एस २१ प्लसमा तीनवटा मुख्य क्यामरा हुनेछन्। प्रमुख क्यामराको रुपमा ६४ मेगापिक्सेलको प्राइमरी टेलिफोटो क्यामरा छ। त्यस्तै १२ मेगापिक्सेल वाइड एंगल क्यामरा र १२ मेगापिक्सेलकै अल्ट्रा वाइड एंगल क्यामेरा रहनेछ।
त्यस्तै ग्यालेक्सी एस २१ अल्ट्रामा कूल ५ वटा क्यामरा हुनेछन्। जसमध्ये एएटा मूख्य क्यामरा १०८ मेगापिक्सेलको हुनेछ। त्यस्तै एस २१ अल्ट्राले एस पेन स्टाइलस सपोर्ट गर्नेछ।
सामसुङको ग्यालेक्सी एस २१ को मूल्य ७९९ डलर तोकिएको छ। त्यस्तै एस २१ प्लसको मूल्य ९ सय ९९ डलर र एस २१ अल्ट्राको मूल्य ११ सय ९९ डलर रहेको छ।
ग्यालेक्सी एस २१ सँग सामसुङले इयरफोन र चार्जिङ एडाप्टर उपलब्ध गराउने छैन। ग्यालेक्सी एस २१ सँगै सामसुङले युएसबी सी केबल उपलब्ध गराउनेछ।
त्यससँगै ग्यालेक्सी एस २१ सिरिजका फोनमा माइक्रो एसडी कार्ड स्लट पनि हुने छैन।
सामसुङका ग्यालेक्सी एस २१, एस २१ प्लस तथा एस २१ अल्ट्राको अन्तर्राष्ट्रिय बजारमा बिहीबारदेखि नै प्रिअर्डर सुरु भएको र जनवरी २९ देखि बजारमा उपलब्ध हुने बताइएको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया