जनादेशमा जाने सरकारको निर्णय जनताले निर्वाचनबाटै गर्छन्: सञ्चारमन्त्री गुरुङ

बिएल संवाददाता

काठमाडाै‌ं

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले ताजा जनादेशमा जाने सरकारको निर्णय सही भए नभएको छुट्याउने काम जनताले निर्वाचनबाटै गर्ने बताएका छन्।  

भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले ताजा जनादेश लिएर मुलुकलाई सही निकास दिन घोषणा गरिएको निर्वाचन प्रतिगामी नभई अग्रगामी भएको पनि स्पष्ट पारे।

‘लोकतान्त्रिक गणतन्त्रमा ताजा जनादेशमा जाने कुरा असंवैधानिक, प्रतिगामी हुनै सक्दैन,’ उनले भने,‘जनताको ताजा जनादेश लिएर मुलुकलाई निकास दिनप्रधानमन्त्रीले यो कदम चालिएको हो।’

उनले जनतालाई सही सूचना दिने गरी सञ्चार प्रवाह गर्न सञ्चारमाध्यामहरुलाई आग्रह गरे।

मन्त्री गुरुङले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिका कारण सञ्चार क्षेत्र लगायतका कुनै पनि व्यवसायमा नकारात्मक असर नपर्ने दावी गरे। 

प्रकाशित मिति: : 2021-01-14 17:06:00

प्रतिकृया दिनुहोस्