झण्डै तीन दशक लामो विरासत बोकेको यती कार्पेट पुनः स्थापना

रातोपाटी

काठमाडौँ

कुनैबेला नेपाली बजारमा यती कार्पेटको निकै जगजगी थियो । कार्पेट भनेकै यती भने जस्तै थियो । हरेक उपभोक्ताको रोजाइ यती नै हुने गथ्र्यो । स्वदेशी लगानी, उत्कृष्ट उत्पादन सबैको मनमा बस्न सफल थियो । कुल बजार हिस्साको करिब ७० प्रतिशत हिस्सा यतिकै थियो ।

त्यसो त केही वर्षअघिसम्म नेपालमा मात्र होइन भारतीय बजारमा समेत यतिको माग ठूलो थियो । नेपाली उत्पादन ठूलो परिमाणमा यती कार्पेट भारत निकासी हुनेगथ्र्यो ।

तर यस्तो सफलताको विरासत बोकेको कम्पनीमा अकस्मात बज्रपात आइलाग्यो । वि.संं. २०४८÷४९ सालबाट कार्पेट उत्पादन थालेको फ्याक्ट्रीमा ७३/७४ मा भिषण आगलागी भयो । भक्तपुर सल्लाघारीमा रहेको यती कार्पेट फ्याक्ट्री आगलागीका कारण पूर्णतः ध्वस्त हुनपुग्यो । त्यसपछि कम्पनी पुनः स्थापना हुन निकै समय लाग्यो ।

यती कार्पेटका मालिक अनिल केडिया भन्छन्–“जे नहुनु थियो भइ नै हाल्यो । अब फेरि उत्पादनमा फर्किन्न भन्ने थियो । फेरि बैङ्कको ऋण माग, संरचना तयार गर, व्यवस्थापन गर, मलाई त्यो जोश जाँगर पनि थिएन । तर पछि सबैले कम्पनी पुनः स्थापना गर्नुपर्छ, बुवाबाजेको विरासत जोगाउनुपर्छ भन्न थाले । त्यसपछि  लौन त भनेर पुनः फ्याक्ट्री सुरु गरेँ ।” केडिया अर्गनाइजेसन अन्तर्गतको यती कार्पेट आगलागीका कारण ध्वस्त भएपछि भने कम्पनी पुनः सञ्चालन हुन झण्डै ४ वर्ष नै लाग्यो । अहिले कम्पनीले पुनः फ्याक्ट्री सञ्चालनमा ल्याएको छ । थप श्रम, पुँजी तथा नवीन टेक्नोलोजीका साथ कम्पनीले जितपुर, सिमरामा उद्योग स्थापना गरी पुनः उत्पादन सुरु गरेको छ । लामो अन्तरालपछिको पुनः उत्पादनमा गएको कम्पनी केकसरी अघि बढिरहेको छ त ? यती कार्पेटका मालिक तथा कम्पनीका अध्यक्ष अनिल केडियासँग रातोपाटीका लागि प्रयास श्रेष्ठले लिएको यो सङ्क्षिप्त वार्ताः

लामो इतिहास बोकेको यती कार्पेटले बीचमा जुन दुर्दशा भोग्नुप-यो, त्यसपछि त कम्पनी पुनः स्थापना हुन झण्डै ४ वर्ष नै कुर्नुप-यो । अहिले फेरि तपाईंहरु उत्पादनमा जाने प्रयत्न गर्दै हुनुहुन्छ । कसरी अघि बढ्दै हुनुहुन्छ ?

हामीले फ्याक्ट्री पुनः सुरु गरेको त्यति धेरै समय भएको छैन । यस्तै ३, ४ महिना जति मात्र भएको छ । भक्तपुरबाट सुरु भएको यती कार्पेटको उत्पादन फ्याक्ट्री अहिले जितपुर सिमराबाट सुरु गरेका छौँ । झन्डै ६५ रोपनी जग्गामा दुईवटा ठूला प्लान्टमार्फत उत्पादनमा जाने प्रयत्न गरेका छौँ । भर्खभर्खर कम्पनी उत्पादनमा जान थालेकाले अहिले नै बजारमा प्रोडक्ट पठाइसकेका छैनौँ । बजारको माग, आवश्यकता र वितरणको च्यानलको समेत व्यवस्थापन गर्नुपर्ने छ । फेरि पूर्णतः कम्पनी उत्पादनमा गइसकेकोे पनि छैन । अहिले हामी परीक्षणकालमै छौँ । अब के–कसरी अघि बढ्ने भन्ने कुरा बजारको माग र प्रतिक्रियाले निर्धारण गर्नेछ । हामी सोही बमोजिम अघि बढ्नेछौँ ।

प्रकाशित मिति: : 2021-01-10 13:57:00

प्रतिकृया दिनुहोस्