बिनालगानी सुरु भएको कार्की ब्यांक्वेट कसरी बन्यो शक्तिकेन्द्रहरुको जमघट थलो

नेपाल खबर

काठमाडौँ

सन्तोष न्यौपाने

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेयता काठमाडौंको थापाथलीमा रहेको कार्की ब्यांक्वेटको नाम खबरबाट छुटेको छैन।

प्रचण्ड–नेपाल पक्षले पुस ७ गते यहीँ केन्द्रीय समिति बैठक गरेर ओलीलाई कारबाही गर्‍यो र माधव नेपाललाई अध्यक्ष बनायो। सो समूहले पुस १० गते पत्रकार सम्मेलन गरी आन्दोलनको घोषणा पनि यहीँबाट गर्‍यो।

ओली पक्ष पनि के कम, पुस १५ मा उसले सुदूरपश्चिमका कार्यकर्ताहरूको भेला यहीँ गर्‍यो। भेलामा ओलीले माधव नेपालको क्यारिकेचर गरेर सबैलाई हँसाएनन् मात्र, आफ्ना पूर्वसहकर्मीहरुप्रति लामो समय रिस पोखे।

नेकपाका अहिलेका दुई खेमा मात्र होइन, कांग्रेस, राजावादीदेखि साना दलका कार्यक्रम समेत कार्की ब्यांक्वेटमा हुँदै आएका छन्। राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, नेपाली सेना, मन्त्रालय, कूटनीतिक नियोगदेखि, बैंक र संस्थाका कार्यक्रम यहीँ हुन्छन्। वास्तवमा कार्की ब्यांक्वेट शक्तिकेन्द्रहरुको जमघटको केन्द्र नै बनेको छ भन्दा फरक नपर्ला।

प्रकाशित मिति: : 2021-01-08 12:46:00

प्रतिकृया दिनुहोस्