‘रातको समय बिजुली त्यसै खेर फाल्नुभन्दा ५० प्रतिशत छुट दिऊँ’

रातोपाटी

काठमाडौँ

 

एलिजा उप्रेती

ऊर्जा क्षेत्रमा निजी क्षेत्रको मात्रै ५० प्रतिशतभन्दा बढी योगदान छ । हाल उत्पादन भएको ऊर्जामा निजी क्षेत्रको ७ सय मेगावाटभन्दा बढी छ । निजी क्षेत्रले उत्पादन गरेको विद्युत् नेपाल विद्युत् प्राधिकरणले खरिद गरी ग्राहकलाई बेच्दै आएको छ । निजी क्षेत्रले उत्पादन गर्ने आयोजनाको भोगचल सीमित समयसम्म गरेर पछि सरकारलाई हस्तान्तरण गर्नुपर्ने हुन्छ । विद्युत् उत्पादनका लागि एउटा आयोजना बनाउन अनेकौँ समस्या झेल्नुपर्ने स्थिति अझै पनि उस्तै छ । निजी उत्पादकहरुलाई प्रतिनिधित्व गर्ने स्वतन्त्र ऊर्जा उत्पादक सङ्घले ऊर्जाका समस्या समाधान गर्न बेलाबेला सरोकारवाला निकाय धाउँदै पनि आएको छ । पछिल्लो समय ऊर्जा क्षेत्रका लागि के गरिरहेको छ, कोभिडबाट ऊर्जामा परेको प्रभाव, ऊर्जामा निजी क्षेत्रको योगदान, सो क्षेत्रको समस्या लगायतका विषयमा केन्द्रित रहेर रातोपाटीका लागि स्वतन्त्र ऊर्जा उत्पादक सङ्घका अध्यक्ष कृष्ण आचार्यलाई एलिजा उप्रेतीले सोधेकी छन् :

अहिले तपाईंहरुको नयाँ टिम (स्वतन्त्र ऊर्जा उत्पादक (इप्पान) के गर्दैछ ?

नयाँ टिम आएपछि हामी उत्साहित भएर काम गर्न थालेका छाँै । विधान संशोधन गरेर तीन जना उपाध्यक्ष र तीन जना सचिवको व्यवस्था गरेका छौँ । ऊर्जा मन्त्रालय, विभाग, ऊर्जा नियमन आयोग, उद्योग मन्त्रालय, रक्षा मन्त्रालय लगायत स्थानीय तहका समस्या सम्बोधन गर्नेगरी उपाध्यक्षहरुमा कार्य विभाजन गरेका छौँ । एक जना उपाध्यक्षले ऊर्जा मन्त्रालय, अर्कोले उद्योग मन्त्रालय, वन मन्त्रालय हेर्छ भने अर्कोले वैदेशिक लगानी ल्याउने दाताका विषयमा काम गर्छन् । सचिवहरुलाई पनि सोहीअनुसार कार्य विभाजन गरेका छौँ । सदस्यहरुलाई पनि कार्यविभाजन गरेका छौँ । सबैको सक्रियता बढाउन र जिम्मेवार बनाउन कार्य विभाजन गरेका हौँ । यो आन्तरिक पक्ष भयो ।

प्रकाशित मिति: : 2021-01-07 17:15:00

प्रतिकृया दिनुहोस्