राष्ट्रपति ट्रम्पको फेसबुक भिडियो डिलिट, ट्वीटर अकाउन्ट सस्पेन्ड

बिएल संवाददाता

न्युयाेर्क

चुनावको अन्तिम मत गणना तथा नवनियुक्त राष्ट्रपतिको आधिकारीक घोषणाअघि अमेरिकी सांसद भवनमा भएको बबालका बीच फेसबुकले राष्ट्रपति डोनाल्ड ट्रम्पको भिडियो आफ्नो साइडबाट हटाएको छ। 

ट्रम्पले आफ्नो कार्यकर्तालाई सम्बोधन गरेको यो भिडियोमा आफ्नो जित भएको दावी गरेका थिए। यसपछि ट्रम्प समर्थक जुलुस क्यापिटल बिल्डिङतर्फ लागेको थियो। 

पहिले शान्तपूर्ण देखिएको जुलुस पछि हिंसात्मक बन्न पुगेपछि नेशनल सुरक्षागार्डलाई तैनाथ गर्नुपरेको थियो। 

ट्रम्पका केही समर्थक क्यापिटल बिल्डिङभित्र प्रवेश गरेपछि संसदको कार्यवाही केही समयका लागि स्थगित पनि भएको छ। यहाँ गोली चल्दा एक महिलाको निधन भएको बेलायती अखबार डेली मेलको दावी छ। 

फेसबुकले ट्रम्पको भाषणा डिलिट गर्नुको कारण हिंसालाई रोक्नु रहेको बताएको छ। ट्वीटरले पनि उनको अकाउन्ट केही समयका लागि सस्पेन्ड गरेको छ। बुधबार भएको हिंसाका कारण वासिङ्टनमा बिहानसम्मका लागि कर्फ्यु लगाइएको छ। 

ट्रम्पले पनि आफ्नो कार्यकर्तालाई शान्ति बनाउन अपील गरेका छन्। उनले कानुनलाई हाता नलिन कार्यकर्तासँग अनुरोध गरेका छन्।

प्रकाशित मिति: : 2021-01-07 08:25:00

प्रतिकृया दिनुहोस्