बैकिङ ठगीको जालो : ४ वर्षमा २ अर्ब ५६ करोड ठगी, अधिकांश बैंकले लुकाउँछन् अपराध !

लोकान्तर

काठमाडौँ

गगन अर्याल

पछिल्लो ४ वर्षमा नेपालको बैंकिङ क्षेत्रमा २ अर्ब ५६ करोड २३ लाख रुपैयाँभन्दा धेरैको आर्थिक अपराध भएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७४/०७५ देखि आर्थिक वर्ष २०७७/०७८ को मंसिर महिनासम्म नेपाल राष्ट्र बैंकबाट सम्बन्धन प्राप्त क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थामा २ अर्ब ५६ करोडभन्दा धेरै रुपैयाँको आर्थिक अपराध भएको हो ।

आर्थिक वर्ष २०७४/७५ मा यति डेभलपमेन्ट बैंक, नेपाल बैंक, कृषि विकास बैंकको न्युरोड शाखा, एनआईसी एसिया बैंक, सिभिल बैंक, मञ्जुश्री फाइनान्सियल इन्स्टिच्युसन, सिभिल बैंक, माछापुच्छ्रे बैंक, तत्कालीन एपेक्स बैंक र सामुदायिक लघुवित्त वित्तीय संस्था गरी ९ वटा बैंक तथा वित्तीय संस्थामा आर्थिक अपराध गरेको आरोपमा कर्मचारीदेखि पदाधिकारीसम्म पक्राउ परेका छन्    

९३ वटा मुद्दामा १० जना पदाधिकारी, ३० जना कर्मचारी, १२ जना भ्यालुएटर (जग्गा हेर्ने व्यक्ति) र ऋणी गरी ५३ जना पक्राउ परेका थिए, जसमा १ अर्ब ६८ करोडभन्दा धेरै ठगी भएको थियो । 

प्रकाशित मिति: : 2021-01-05 12:14:00

प्रतिकृया दिनुहोस्