अरूसँग तुलना किन गर्छौ?

सेतोपाटी

काठमाडौँ

सुरज सुवेदी

नेटफ्लिक्समा बेलायतको शाही परिवारको जीवनमा आधारित 'द क्राउन' सिरिज हेरिरहेको छु। तेस्रो सिजनको एउटा शृंखला 'मुनडस्ट' अर्थात् 'चन्द्रमाको धूलो' मा टक्क रोकिएको छु। 

मलाई यस्तै हुन्छ। एउटा चिज हेर्दा हेर्दै त्योसँग जोडिएको अर्को चिज अगाडि आउँछ र ब्रेक हान्न लगाउँछ। बाइक दौडाइरहेका बेला अगाडिबाट अपर्झट कसैले बाटो काटेको देखेर ब्रेक हानेजस्तै।

राजपरिवारको टिभीमा चन्द्रमामा मानवले पाइला टेकेको क्षणको प्रत्यक्ष प्रसारण बजिरहेको छ।

बेलायतकी रानी एलिजावेथ दोस्रोका श्रीमान प्रिन्स फिलिप चन्द्रमामा मान्छेले पाइला टेकेको उक्त घटनाबाट असाध्यै प्रभावित छन्। आफू स्वयं पनि पाइलट रहेका उनलाई त्यसले साह्रै रोमाञ्चित बनाएको छ। बेलायतको स्थिति विश्व परिदृश्यमा कमजोर भइरहेको समय। अमेरिका र रुस प्राविधिक प्रतिस्पर्धाको चिसो युद्धमा जमिरहेका बेला। बेलायत ओरालो लागेको मृग जस्तो भइरहेका बेला। 

प्रकाशित मिति: : 2021-01-04 12:33:00

प्रतिकृया दिनुहोस्