सन्तुलित बिकासको लागि प्रदेश सरकार प्रतिबद्ध छ: मन्त्री सोनल

उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जमा ३ वटा इजलास भवन निर्माण गर्नको लागि प्रदेश सरकारको भौतिक पुर्वाधार बिकास मन्त्री जितेन्द्र सोनलले स्थलगत निरीक्षण गरेका छन्। 

केही दिन अगाडि वीरगञ्ज उच्च अदालतको न्यायाधीश शेखर पौडेलले मन्त्रालय मै पुगेर मन्त्रीको ध्यानाकर्षण गराएका थिए। 

इजलासको अभावमा न्याय सम्पादनमा समस्य भएको जानकारी पाए लगतै मन्त्री सोनलले अदालत परिषर मै पुगेर इजलास भवन निर्माणको लागि जग्गा निरीक्षण गरेका थिए। 

 निरीक्षण गर्दै मन्त्री सोनलले सन्तुलित बिकासको लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।  

न्यायमा जनताको सहज पहुँचको लागि प्रदेश सरकार गम्भीर भएकोले छिटो भन्दा छिटो इजलास भवन निर्माण कार्य गर्न मन्त्रालयको इन्जिनियर बिनोद यादवलाई निर्देशन समेत दिएका छन् ।  

निरीक्षण मा प्रदेस सांसद पारस साह , जनत अन्सारी , करिमा बेगम , नेपाल बार एसोसिएसनके केन्द्रीय उपाध्यक्ष रामचन्द्र सिंह , अधिवक्ता सुधिर कर्ण , प्रमहंस केशरी , उमेश जैसवाल , अरुण दुबे, चन्द्रीका यादव , जसपा नेता राजेश मान सिंह लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: : 2021-01-03 15:35:00

प्रतिकृया दिनुहोस्