डा. शेखर कोइरालाका दाजु निरञ्जनकाे निधन

बिएल संवाददाता

काठमाडाै‌ं
तस्वीर साैजन्य: रामचन्द्र पाैडलकाे फेसबुकवाल
तस्वीर साैजन्य: रामचन्द्र पाैडलकाे फेसबुकवाल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाका दाजु निरञ्जन कोइरालाकाे निधन भएको छ। 

कोभिड संक्रमण देखिएपछि भारतको नयाँदिल्लीस्थित म्याक्स अस्पतालमा विगत १ महिनादेखि उपचाररत कोइरालाको आज बिहान ११ बजे निधन हो। 

स्वर्गीय निरञ्जनले निरङ्कुश पञ्चायती शासनविरुद्ध प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए। 

उनी नेपालका पुराना र प्रतिष्ठित पर्यटन व्यवसायी समेत थिए। उनको निधनले आफू र सिङ्गो पार्टीलाई अपुरणीय क्षति पुगेको कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडलले बताएका छन्। 

दुःखद् यस घडीमा मृत आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

पूर्वमन्त्री जयप्रसाद गुप्ताले उनी जीवनकालमा सदा स्मरणीय रहने बताएका छन्।

‘ठूलो दुर्भाग्य! निरू दा, मेरो जीवनकालमा सदा स्मरणीय रहनु हुनेछ । जीवन बाँच्ने उत्कृष्ठ कलाका साथ जीवन परित्याग गर्नु भो । कोइरालाहरू मध्येका एक मात्र निस्पृह कोइराला अल बिदा,’ उनले फेसबुकमा लेखेका छन्।

प्रकाशित मिति: : 2021-01-03 14:35:00

प्रतिकृया दिनुहोस्