बिएल संवाददाता
गाउँपालिकामा पहिलोपटक सडक कालोपत्र शुरु भएको छ। बागलुङ जिल्लाको काठेखोला गाउँपालिकाभर पहिलोपटक रेश जाने सडकको अहिले धमाधम कालोपत्र भइरहेको छ। स्थानीय तह आइसकेपछि गाउँपालिकाले धेरै सडक स्तरोन्नति गरेको भए पनि कालोपत्रको काम काठेखोला गाउँपालिका–७ रेश पुग्ने सडक कालोपत्र गर्न थालिएको छ।
सो सडकमा गाउँपालिकाकै सबैभन्दा ठूलो गौरवको आयोजना सञ्चालनमा रहेको छ। गाउँपालिकाको केन्द्रदेखि वडा कार्यालय पुग्ने सडक कालोपत्र गर्ने योजनाअनुसार पहिलोपटक रेश जाने सडक कालोपत्र गरिएको गाउँपालिकाका अध्यक्ष अमर थापाले बताए।
गाउँपालिकाको केन्द्रबाट वडा नं ७ रेश पुग्ने सडक पहिलो चरणमा ४०० मिटर सडक कालोपत्र भइरहेको र थप चार किलोमिटर सडक कालोपत्रका लागि धमाधम पूर्वाधार निर्माणको काम भइरहेको थापाको भनाइ छ। 'एक हप्ताभित्रै कालोपत्रको पहिलो चरणको काम सकिन्छ, गाउँपालिकामा पहिलोपटक सडक कालोपत्र हुनु खुशीको कुरा हो', अध्यक्ष थापाले भने, 'कालोपत्र सडक भन्दामाथि चार किलोमिटर सडक कालोपत्रका लागि चार महिनादेखि धमाधम पूर्वाधारको काम भइरहेको छ।' गण्डकी प्रदेश सरकारको रु ८० लाखमा पहिलो चरणमा सडक कालोपत्र भइरहेको छ।
सङ्घीय सरकार र स्थानीय सरकारको समपुरक बजेटमा सङ्घीय सरकारको ६० प्रतिशत र स्थानीय सरकार काठेखोला गाउँपालिकाको ४० प्रतिशत बजेटमा रेश पुग्ने सडक एक्लेफाँट रेश खोलाबाट चार किलोमिटर सडक कालोपत्रका लागिसमेत पूर्वाधार निर्माण भइरहेको काठेखोला गाउँपालिका–७ रेशका वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिए ।
लामिछानेका अनुसार आफ्नो कार्यकालमा कम्तीमा वडा कार्यालयसम्म सडक कालोपत्र गर्ने योजना रहेको छ। रु ६ करोड ७१ लाख ४५ हजार ५९८ लागतमा चार किलोमिटर सडकको पाँच महिना अगाडि जोसी निशान आचार्य जेभी निर्माण सेवासँग ठेक्का सम्झौता गरी निर्माण अगाडि बढाइएको छ।
रेश पुग्ने गरी कालोपत्र गर्न थालिएको दोस्रो चरणको कालोपत्र भने २०७९ जेठ २६ सम्म कालोपत्र भइसक्नुपर्ने छ। अहिले एक्लेखेतदेखि जिरेदीसम्म सडक चौंडा पार्ने, ग्याबिन चिन्ने जस्ता कार्य भइरहेको छ। रेश जाने सडक रेश खोलामा पक्की पुल नहुँदा बर्खामा यातयातका साधन चल्न नसक्ने समस्यालाई ध्यान दिँदै गत वर्षदेखि पक्की पुलसमेत निर्माण थालिएको छ।
गाउँपालिकाका अनुसार उक्त सडकलाई गाउँपालिकाको गौरवको सडकका रुपमा लिइएको छ। चार किलोमिटर, नाली, कल्र्भट, पर्खाललगायतका संरचना निर्माण भइरहेको छ । उक्त सडक छ मिटरको चौडाइ हुनेछ। रेश जाने सडक झण्डै साढे चार किलोमिटर कालोपत्र हुने र खोलामा पक्की पुलजस्ता विकास निर्माण हुँदा स्थानीयवासी उत्साहित भएका छन्।
दृश्यावलोकन स्तम्भ निर्माण शुरु
बागलुङ जिल्लाको बडिगाड गाउँपालिको केशपोखरीमा झण्डै दुई करोडको लागतमा दृश्यावलोकन स्तम्भ निर्माण शुरु गरिएको छ । गाउँपालिका–५ स्थित ग्वालीचौरको केशपोखरी सामुदायिक वनको टाकुरामा दृश्यावलोकन स्तम्भको निर्माण थालनी गरिएको बडिगाड गाउँपालिकाले जनाएको छ।
अत्यन्तै पर्यटकीय सम्भावना बोकेको सो स्थानमा पूर्वाधार निर्माण गरी पर्यटक भित्र्याउने उद्देश्यका साथ केशपोखरीमा दृश्यावलोकन निर्माण शुरु गरिएको छ। गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र बडिगाड गाउँपालिकाको साझेदारीमा पाँच तलाको दृश्यावलोकन स्तम्भ निर्माण गर्न थालिएको बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजाले जानकारी दिए। 'गाउँपालिकामा पर्यटकीय सम्भावनाको पहिचान गर्ने क्रममा ग्वालीचौरको केशपोखरी टापु दृश्यालोकनका लागि उत्कृष्ट मानियो' गाउँपालिका अध्यक्ष पाइजाले भने।
पाइजाका अनुसार कङ्क्रिटबाट निर्माण हुने पाँच तलाको दृश्यावलोकन स्तम्भ दुई वर्षभित्र निर्माण अपेक्षा छ। अहिले स्तम्भ शिलान्यास गरी ठेक्का प्रक्रियामा अगाडि बढेको छ। समुद्री सतहदेखि दुई हजार ६०० मिटर उचाइमा रहेको सो स्तम्भ निर्माण गर्ने स्थलबाट रुकुम, रोल्पा, गुल्मी, प्यूठान, अर्घाखाँची, पाल्पा, पर्वत, म्याग्दी, मुस्ताङ र स्याङ्जा जिल्ला देख्न सकिनेछ।
केशपोखरी नजिकै रहेको अन्धाअन्धी तालसमेत पुनःनिर्माण गर्ने योजना गाउँपालिकासँग छ। सन् २०३३ मा अन्धाअन्धी ताल फुटेको थियो। ताललाई पुनःनिर्माण गर्नका लागि डिपिआरको काम भइरहेकको छ। बहुवर्षे योजनाअनुसार दृश्यावलोकन स्तम्भ निर्माण थालिएको र आर्थिक वर्ष २०७७÷७८ मा गण्डकी प्रदेश सरकारले रु ५० लाख उपलब्ध गराएको गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका पर्यटन महाशाखा प्रमुख डिल्लीराम रिजालले जानकारी दिए।
बडिगाड गाउँपालिकाले दृश्यावलोकन निर्माणमा रु ५० लाख लगानी गर्नेछ। दृश्यावलोकन निर्माणका लागि रु दुई करोड बढी खर्च लाग्ने डिपिआरमा उल्लेख गरिएको छ। गण्डकी प्रदेश सरकारले बडिगाडकै चमेरे गुफाको पूर्वाधार निर्माणको लागि गण्डकी प्रदेश सरकारले रु २० लाख यही आर्थिक वर्षमा खर्च गर्न थालेको छ। रासस
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया