सिरहामा लागूऔषध कारोबारी धमाधम पक्राउ पर्न थालेका छन्। सिरहाको माडरमा सशस्त्र प्रहरीले ८ लागूऔषध कारोबारी पक्रिएको हो।
सशस्त्र प्रहरी बल बिओपी माडरका इञ्चार्ज प्रहरी निरिक्षक अर्जुन कुँवरका अनुसार पक्राउ पर्नेमा अजय कुमार मण्डल , महन मण्डल , मो रहसुन र राकेशकुमार शर्मा छन्।
त्यस्तै मनोज ठाकुर, बब्लुकुमार दास, संजितकुमार यादव र बिकि कुमारलाई प्रहरीले पक्राउ गरेको हो। गत पुस ९ गते अजय कुमार मण्डल र महन मण्डललाई १ पत्ता नाइट्रोभेट ट्याब्लेटसहित पक्राउ गरेको प्रनि कुँवरले बताए। यी दुई सेवनकर्ता हुन्।
त्यस्तै मो रहसुन र राकेशलाई १० पत्ता नाइट्रोभेट ट्याब्लेटसहित माडरमा पक्राउ परेका हुन्। यी दुबै लागुपदार्थ कारोबारी भएको प्रहरीले बतायो।
मनोज ठाकुर र बब्लुलाई ३० बोतल डिलक्स डिसी र एक पत्ता नाइट्रोभेट ट्याब्लेटसहित प्रहरीले माडरमा पक्राउ गरेको हो। उता संजित र बिकिलाई प्रहरीले डिलक्स डिसी ४ बोतल र ५ काटी नाइट्रोभेट ट्याब्लेटसहित पक्राउ गरेको हो।
उनीहरू सबैलाई मोटरसाईकल चेकजाँचका क्रममा पक्राउ गरेको प्रनि कुँवरले बताए। यसैबिच शसस्त्र प्रहरीले आज सिरहाको बरियारपटीमा ४ किलो ९ सय ग्राम तयारी गाँजा पक्राउ गरेको छ।
गाँजा बोकेर बरियारपटी हुँदै भारत छिर्न खोजेका ब्यक्ती भारत तिर भागेको शसस्त्र प्रहरी बल नेपाल ७ गण हे.क्वा. का गणपती शसस्त्र प्रहरी उपरिक्षक दीपेन्द्र गिरीले बिएल नेपाली सेबालाई जानकारी दिए।
उनले भने,‘भारतीय एसएसबीलाई ती फरार ब्यक्तिलाई खोजि गरिदिन अनुरोध गरेका छौँ।’ लागुपदार्थ कारोबारी र सेवनकर्तामाथी सूक्ष्म निगरानी बढाएको एसपी गिरीको भनाई छ।