पोखराका सडकमा पार्किङ ठेक्का, मेयर भन्छन्- कहाँ पार्किङ गर्ने त?

युवराज श्रेष्ठ

पोखराको अमरसिंह चोक निवासी सुरज सुनारले बिरामी छोरी उपचार गर्न बुधबार पोखराकै गण्डकी मेडिकल कलेज लगे।

कलेज अगाडि गाडी पार्किङ गरेर छोरीलाई अस्पतालभित्र लगे। अस्पतालमा भर्ना गरेर उनी बाहिरिए। 

गाडी निकाल्न लाग्दा उनको नजिक एक युवा आए र पार्किङ शुल्क भनेर ३० रुपैयाँ मागे। पार्किङ शुल्क तिरेर उनी घर गए।

केहीबेरमा फेरि उनी स्कुटर लिएर बिरामी छोरीलाई भेट्न आइपुगे। अस्पताल अगाडि स्कुटर राखे, छोरी भेटेर फर्कँदा फेरि उनले पार्किङ शुल्क तिर्नुपर्‍यो। 

‘म भित्र गएर छोरीको अवस्था हेरेर मात्र फर्केको हो’, उनले भने, ‘५ मिनेट राख्दा पनि पार्किङ शुल्क तिर्नु पर्ने यो देशमा नियम कानुन भन्ने केही हुँदैन?’

सार्वजनिक होस् या निजी सवारी। पोखराका सडकमा रोक्दा पुष १ गतेदेखि सबैले यसरी नै  शुल्क तिर्नुपर्छ। त्यो पनि घन्टाका हिसाबले। यद्यपी मोटरसाइकल र स्कुटरलाई भने दिनभर पार्किङ गरेर राखे पनि १० रुपैया तिरे पुग्छ। तर सार्वजनिक बसलगायत ठूला सवारी साधनले पोखराका सडकमा पार्क गर्दा प्रतिघन्टा ३० रुपैयाँ तिर्नुपर्छ भने मझौला सवारीले २० रुपैयाँ दिनुपर्छ। सडक किनारमा हरियो पोशाक लगाएका युवा सडकमा केहीबेर रोकिँदा पनि पार्किङ शुल्क उठाउन आइहाल्छन्, नदिए धम्क्याउँछन्। 

प्रकाशित मिति: : 2020-12-27 15:14:00

प्रतिकृया दिनुहोस्