मारिया बनिन् कोरोना खोप पाउने पहिलाे ल्याटिन अमेरिकी व्यक्ति

Photo: Associated Press
Photo: Associated Press

मेक्सिकोकी आइसीयु नर्स मारिया इरिन रामिरेज कोरोना खोप पाउने ल्याटिन अमेरिकी मुलुकमै पहिलो व्यक्ति भएकी छन्। 

मेक्सिकोमा पहिलो चरणमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीलाई खोप लगाइएको थियो। सुरुमै रामिरेजलाई खोप दिइएको त्यहाँका अधिकारीहरुले बताएका छन्।

स्थानिय अधिकारीहरुका अनुसार मेक्सिकोले फाइजर–बायोएनटेकको खोप भित्र्याएको छ। जुन खोप परीक्षणकालमा ९५ प्रतिशत प्रभावकारी रहेको दाबी गरिएको छ।

यो खोप बेलायत, अमेरिका लगायत केही देशमा यसअगाडि नै लगाउन सुरु गरिएको थियो।

परीक्षणकालमा सफल मानिएकाले पहिलो चरणमा ३ हजार डोजको खोप भित्र्याएको अधिकारीहरुले बताएका छन्। 

मेक्सिको अमेरिका, ब्राजिल र भारतपछि कोरोनाबाट सबैभन्दा बढी प्रभावित मुलुक मानिन्छ । 

यता मेक्सिकोमा खोप अभियान सुरु गरिएसँगै छिमेकी देश कोस्टारिका र चिलीमा पनि खोप लगाउन सुरु गर्ने भएका छन्।

यता अर्जेन्टिनाले भने  फाइजर–बायोएनटेकको खोप नभित्र्याउने भएको छ।

अर्जेन्टिनाले विश्वमै पहिलो कोरोना खोप भनेर रुसीले दाबी गरेको स्पुतनिक ५ को प्रयोगलाई स्वीकृति दिएको छ।

स्पुतनिक ५ आज बिहान ३ लाख डोजको पुगेको जनाइएको छ।

प्रकाशित मिति: : 2020-12-25 08:59:00

प्रतिकृया दिनुहोस्