शेयरबजार ३०.३३ अंकले बढ्यो, पुन: लयमा फर्कंदै

बिएल संवाददाता

काठमाडाै‌ं

शेयरबजार विस्तारै लयमा फर्किने तयारी गर्दैछ । ६ अर्ब ६९ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

पटकपटकको उतारचढावका बाबजुत सोमबार नेप्से सूचक दोहोरो अंकले बढेर बन्द भएको छ । राजनीतिक अन्योलताका कारण त्रसित बनेका लगानीकर्ताको मनोविज्ञान विस्तारै सुधार हुनेक्रमा देखिएको हो । 

तत्कालका लागि राजनीतिक अस्थिरताका कारण बजारमा केही असर गरेको भए पनि दीर्घकालमा केही फरक नपर्ने अनुभवी लगानीकर्ताहरु बताउँछन् । 

विगतमा पनि पटकपटक चरम राजनीतिक अस्थिरतका समयमा समेत नेप्सेले उच्चतम विन्दुहरु तय गर्दै आएको छ ।

नेप्से सोमबार १८७५ विन्दुसम्म झरेर फर्किएको हो । यसर्थ, बजारमा छोटो समयमा पर्याप्त करेक्सन भएको देखिन्छ । किन भने नेप्से यसअघि २१ सय १७ विन्दु आसपाससम्म पुगेर फर्किएको हो । नेप्से सूचक ३०.३३ अंकले बढेर १९६५.९६ विन्दुमा आइपुगेको छ ।

२०२ कम्पनीको १ करोड २३ लाख ८२ हजार भन्दा बढी कित्ता शेयर कारोबार भएको छ । कुल १२ समूहमध्ये ९ समूहको सूचक वृद्धि भएको छ भने बाँकी ३ समूह तल झरेका छन् । वाणिज्य बैंक समूहको सूचक पनि २१.०६ अंकले वृद्धि भएको छ । 

यस दिन एनआइसी एसिया बैंकको भाउ सर्किट लाग्ने गरी वृद्धि भएको छ । यता, नारायाणी डेभलपमेन्ट बैंक, युनाइटेड इदी मर्दीको भाउ सबैभन्दा बढीले घटेका छन् । 

खरिदबिक्री रकममा नेपाल लाइफ इन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसको ७२ करोड ८८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । 

दोस्रोमा नेपाल पुनर्बिमा र तेस्रोमा एनआइसी एसिया बैंक परेका छन् ।

प्रकाशित मिति: : 2020-12-21 15:48:00

प्रतिकृया दिनुहोस्