संसद् विघटनको निर्णयपछि सेयरबजारमा भारी गिरावट, नेप्से ९६.८८ अंकले घट्यो

बिएल संवाददाता

काठमाडाै‌ं

संसद् विघटनको निर्णयपछि सेयर बजारका लगानीकर्ताको मनोबल गिरेको छ । नेप्से सूचक ९६.८८ विन्दुले घटेर १९३५.६३ अंकमामा आइपुगेको छ ।

९ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १ करोड ४५ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । सबै समूहको सूचक घटेका छन् । खरिदबिक्री रकममा नेपाल लाइफ इन्सुरेन्स, पुनर्बिमा कम्पनी र एनआइसी एसिया बैंक क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेका छन् । 
अन्तिम प्रहारमा बजार फर्किने प्रयास गरिरहेका बेला फेरि राष्ट्रपति कार्यालयबाट संसद विघटनको प्रस्ताव स्वीकार गरी मध्यवधि निर्वाचनको मिति घोषणा गरिएपछि सेयर बजार अझै बढी पेनिक देखिएको हो । 

कारोबारको पछिल्लो प्रहरमा बजार सुधारको क्रममा रहेको लागेको छ । सोही कारण कारोबार रकममा बेस्सरी तेजी आइरहेको छ । विशेषगरी नयाँ लगानीकर्ताहरु बढी आत्तिएका छन् ।

बुलिस ट्रेन्डको बजारले यस्ता समस्याहरु पनि सजिलै पार गर्न सक्ने लगानीकर्ताहरुको विश्वास छ । किन भने कोरोना संक्रमणलाई पनि बुलिस बजारले जितिरहेको छ । विगतमा भूकम्प र नाकाबन्दीका बेला पनि बुलिस बजार अघि बढेको थियो । 

आइतबार कारोबारमा आएका सबै उपसमूहको परिसूचक घटेका छन्। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधकि ८.३९ प्रतिशत घटेको छ। त्यसैगरी, हाइड्रोपावरको परिसूचक ६.६८ प्रतिशत, निर्जीवन बीमाको ५.४८ प्रतिशत, व्यापारको ४.२८ प्रतिशत र विकास बैंकको ३.६९ प्रतिशत घटेको छ।

यस दिन नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक १ अर्ब ७ करोड १९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, नेपाल पुनर्बीमा कम्पनीको ७९ करोड ३६ लाख रुपैयाँ र एनआईसी एशिया बैंकको ४७ करोड ९७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
५ कम्पनीको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन अपर तामाकोशी, सूर्योदय लघुवित्त, नेरुडे लघुवित्त, स्वाबलम्बन लघुवित्त र चिलिमे हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

नेप्से उच्च दरमा घटेपनि यस दिन युनाइटेड इदी मार्दीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन २९ रुपैयाँ बढेर ३२५ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयरको मूल्य ७.८१ प्रतिशत बढेको छ।
 

प्रकाशित मिति: : 2020-12-20 19:59:00

प्रतिकृया दिनुहोस्