स्वास्थ्य सामग्री खरिदमा अनियमितता नियमसंगत भएकाे ठहर, कारवाही गर्न अख्तियारलाई जिम्मा दिने लेखाको निर्णय

बिएल संवाददाता

काठमाडाै‌ं
फाइल तस्वीर
फाइल तस्वीर

संसदको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिदमा अनियमितता नियमसंगत नभएको ठहर गरेको छ।

र, यसबारे छानविन गरेर कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखि पठाउने निर्णय गरिएको छ। 

शुक्रबार बसेको बैठकमा स्वास्थ्य मन्त्री भानुभक्त ढकालले ‘कोरोना महामारीको सुरुवाती चरणमा विश्वभरि नै स्वास्थ्य सामग्रीको अभाव भएको र नेपालमा पनि स्वास्थ्य सामग्रीको हाहाकार भएकाले हतारहतार स्वास्थ्य सामग्री मगायौँ’ बताएका थिए।

समितिका सचिव डा रोजनाथ पाण्डेका अनुसार उनले बैठकमा स्वास्थ्य सामग्री खरिद प्रकरणमा स्पष्टोक्ति दिँदै मन्त्री ढकालले मन्त्रिपरिषद् र उच्चस्तरीय समितिको निर्णयमा सामग्री खरिद प्रक्रिया अघि बढाइएको बताएका थिए। 

खरिदको सम्पूर्ण जिम्मा स्वास्थ्य सेवा विभागले लिए पनि स्वास्थ्य मन्त्रीका सल्लाहकारका रुपमा खेम कार्की र मन्त्रीका रुपमा बैठकमा उपस्थित भएको ढकालले जानकारी दिएका थिए।

प्रकाशित मिति: : 2020-12-18 14:58:00

प्रतिकृया दिनुहोस्