एफडिएका प्रमुखलाई ट्रम्पकाे दबाब: फाइजरको खोपलाई स्वीकृति नदिने भए राजीनामा देउ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनले कोरोना भाइरसविरुद्धको खोपको आपतकालीन प्रयोगका लागि स्वीकृति प्रदान गर्न दबाब दिएकाे खुलासा भएकाे छ।

ह्वाइट हाउसले फुट एण्ड ड्रग्स एड्मिनिस्ट्रेशन (एफडिए)लाई स्वीकृति प्रदान गर्द दबाब दिएकाे हाे।

एफडिएका प्रमुख स्टिफन हानलाई फाइजर–बायोएनटेकले विकास गरेको खोप शुक्रबार भित्रै स्वीकृति प्रदान गर्न वा राजीनामा दिन ह्वाइट हाउस प्रशासनलले दबाब दिएको द वासिङ्गटन पोस्टले तीन स्रोतलाई उद्धृत गर्दै समाचार लेखेकाे छ।

परिक्षणकालमा ९५ प्रतिशत सुरक्षित रहेकाे खाेपलाई स्वीकृति प्रदान गर्न ढिला गरिएकाे भन्दै दबाब दिएकाे बताइन्छ। यद्यपी  हानले भने सो कुरा अस्वीकार गरेका छन्।

बिहीबार भएको बैठकमा विज्ञहरुले फाइजरको खोपलाई स्वीकृति दिन मिल्ने बताएका थिए। तर उक्त खाेपलाई हालसम्म अनुमती भने प्रदान गरिएकाे छैन।

फाइजरको खोप हालसम्म बेलायत, क्यानडा, बहराइन र साउदी अरेबियामा स्वीकृत दिसकेकाे छ।

एफडिएलाई स्वास्थ्य सम्बन्धी सल्लाह प्रदान गर्ने विज्ञहरुको बैठकले खोप स्वीकृति प्रदान गर्नु उपयुक्त हुने बताइसकेका छन्।

एफडिएले स्वीकृति प्रदान गर्नका लागि आश्वयक अरु काम भइरहेको बताएको छ। 


 

प्रकाशित मिति: : 2020-12-12 07:39:00

प्रतिकृया दिनुहोस्