केराकै म:म, जुस र वाइन पाइने ‘बनाना रिसोर्ट’

नारायण खड्का

बालबालिका पिङ खेलिरहेका छन्। उनीहरूका अभिभावक हरियो दुबोमा पारिलो घाम तापेर बसिरहेका छन्। 

अभिभावकका हातमा कफीका कप छन्। उनीहरू ‘बनाना कफी’ पिइरहेका छन्। 

बीचमा काउन्टर छ। काउन्टर कुटी शैलीमा निर्माण गरिएको छ। लाग्छ, यो कुनै सन्तको आश्रम हो। 

यो दृश्य लमही नगरपालिका वडा नं. ३ टिकलीगढस्थित ‘देउखुरी बनाना रिसोर्ट’को हो। यो दाङको एक मात्रै बनाना रिसोर्ट हो।

गत सालसम्म काउन्टर अलि फरक थियो। त्यो ‘क्लासिकल’ काउन्टर आगो लागेर ध्वस्त भयो। काउन्टर बाँस र खरबाट  निर्मित थियो। 

गत फागुनमा होलीको अघिल्लो दिन विद्युत सर्ट भएर आगो लागेको थियो। पुनः निर्माण गर्दा आगोबाट जोगिन अलि सावधानी अपनाइएको छ। 

इँटा र सिमेन्टको पक्की गारो लगाइएको छ। छाना जस्तापाताको छ। तै, ‘क्लासिकल’ देखाउन त्यसमाथि खरको छानो हालिएको छ। 

त्यसभित्र बाबियोको डोरीले छानाको भाग बुनेर सजाइएको छ। पेरुङ्गोभित्र विभिन्न रंगका प्रकाश छर्ने बल्ब बलिरहेका हुन्छन्।

प्रकाशित मिति: : 2020-12-11 15:51:00

प्रतिकृया दिनुहोस्