जीवनसाथी खोज्न सघाउने 'पञ्चे बाजा'

सेतोपाटी

काठमाडौँ

जुना श्रेष्ठ

सन्दीप पौडेलले लन्डन स्कुल अफ इकोनोमिक्सबाट मनोविज्ञानमा स्नातकोत्तर गरेका छन्। गत वर्ष उनी पढाइ सकेर नेपाल फर्के।

घर आएको केही समयमै उनले नातेदारको बिहेको कुरा सुनेछन्। घरपरिवारले रोजेर जुराएको सम्बन्धमा गाँसिने तयारीमा रहेछन् केटा र केटी। 

युरोपेली देशमा प्रेम विवाह धेरै देखेका उनले यहाँ धेरैजसो परिवारले नै जोडी खोजिदिने चलनबारे छोटो अध्ययन गरे। बिहेका लागि केटाकेटी खोज्दा थुप्रै मापदण्ड हेरिन्छ। पृष्ठभूमि, उमेर, पढाइदेखि काम के गर्छन्, सबै बुझिन्छ।

यसमा निकै समय खर्चिन्छ र प्रक्रिया पनि लामो।

'मलाई यी सब त घरै बसेर पनि हेर्न सकिन्छ नि भन्ने भयो। अनि एउटा म्याट्रिमोनियल एप विकास गर्न सकिन्छ कि भन्ने लाग्यो,' सन्दीपले भने। 

नेपाल फर्किएपछि सन्दीपले हाफ-फूल टेक्नोलोजी कम्पनी सञ्चालन गरिरहेका थिए। उनी अम्बे ग्रुपका कार्यवाहक निर्देशक पनि हुन्। आफैंले सञ्चालन गरिरहेको हाफ-फूल टेक्नोलोजीबाट उनले म्याट्रिमोनियल एप विकास गरे-  'पञ्चे बाजा'।

प्रकाशित मिति: : 2020-12-10 11:34:00

प्रतिकृया दिनुहोस्