पोखरामा पर्वतका कोरोना संक्रमित पुरुषकाे मृत्यु

कस्कीको पोखरामा पर्वतका एकजना कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पर्वतको फलेबास नगरपालिकाका ३८ वर्षीय पुरुषको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा आइतबार राति १२:४५ बजे मृत्यु भएको हो।

उनीमा मंसिर १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७१ पुगेको छ।

प्रकाशित मिति: : 2020-12-07 15:14:00

प्रतिकृया दिनुहोस्