‘संघीयता चाहिँदैन, राजतन्त्र नफर्की मुलुक बन्दैन’

थाहा खबर

काठमाडाैं

जनआन्दोलन २०६२/६३ आन्दोलनपछि २०६५ जेठ १५ गते नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएको थियो। गणतन्त्र स्थापना भएको १२ वर्ष पूरा हुन नपाउँदै यसविरुद्ध सडकमा स्वरहरु बढ्न थालेका छन्। २ सय ३८ वर्ष लामो शाह वंश राज परम्पराको अन्त्य गरेसँगै स्थापित गणतन्त्र माथि पुनः राजावादीहरु सल्बलाउन थालेका छन्। गणतन्त्र खारेज गरेर राजतन्त्र र हिन्दु राज्य ल्याउन भन्दै राजावादीहरुले प्रदर्शन गरिरहेका छन्। 

राजावादीहरुले आगामी मंसिर २० गते काठमाडौँमा बृहत् प्रदर्शन तयारी गरिरहेका छन्। त्यसकै पूर्वतयारीस्वरुप काठमाडौंसहित यसअघि पोखरा, धनगढी, हेटौंडा, वीरगञ्ज र बुटवलमा प्रदर्शन गरेका थिए। सत्ताधारी दल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आफ्नै आन्तरिक विवादमा फसेको छ। सरकार एकपछि अर्को भ्रष्टाचारमा मुछिरहेको छ। यही विषयवस्तुसँग केन्द्रित रहेर राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता राजेन्द्र लिङ्देनसँगकाे  संक्षिप्त कुराकानी :
 
गणतन्त्रको विरोध गर्दै राजतन्त्र चाहियो भन्‍ने मागसहितको देशभर भइरहेको  प्रदर्शनलाई तपाईंहरुले कसरी लिनुभएको छ? 

राजतन्त्र ल्याउनुपर्छ भन्‍ने राष्टिय प्रजातन्त्र पार्टीको मुख्य राजनीतिक एजेण्डा हो। ०६२/६३ राजनीतिक परिवर्तनपछि नै राप्रपा मुलुकमा राजसंस्था, हिन्दु राष्ट्रको पक्षमा र  संघीयताको विपक्षीमा रहेर क्रियाशील भइरहेको छ। त्यस्तो पार्टीका लागि देशव्यापी रुपमा लहर सिर्जना हुनु हाम्रो लागि खुसीको बिषय हो। यसमा हाम्रो पार्टीको पूर्ण साथ र समर्थन रहन्छ। हामीले यही शिलशिलामा देशव्यापी प्रदर्शनलाई ऐक्यबद्धता प्रकट गरेका छौँ। राजतन्त्रको माग गर्दै हाम्रो पार्टीले २० गते झापामा औपचारिक रुपमा कार्यक्रम राखेको छ।

प्रकाशित मिति: : 2020-11-30 21:05:00

प्रतिकृया दिनुहोस्