भारतीय खेलाडीले खेलको २० प्रतिशत पारिश्रमिक जरिवानामा गुमाउने

बिएल संवाददाता

काठमाडाै‌ं

भारतीय खेलाडीले खेलको २० प्रतिशत पारिश्रमिक जरिवानामा गुमाउने भएका छन्। 

अस्ट्रेलियाविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा निर्धारित समयभित्र ओभर पूरा नगरेका कारण  जरिवानामा परेका हुन्।

म्याच रेफ्री डेविड बुनकाे पहलमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले शनिबार यो निर्णय गरेको हो । 

विराट कोहलीको भारतीय टिमले निर्धारित समयभित्र ५० ओभरको बलिङ पूरा गर्न सकेको थिएन ।

आईसीसीले भनेको छ, ‘कोहलीलाई निर्धारित समयमा सबै ओभर पूरा नगरेको आरोप लागेको छ र उनले यसलाई स्वीकारेका छन् ।’ 

सिड्नीको क्रिकेट मैदानमै दोस्रो एकदिवसीय आइतबार हुँदै छ । पहिलोमा अस्ट्रेलिया ६६ रनले विजयी भएको थियो ।

यससँगै अस्ट्रेलियाले तीन खेलको शृंखलामा १–० को अग्रता लिएको थियो । 

प्रकाशित मिति: : 2020-11-29 12:42:00

प्रतिकृया दिनुहोस्