‘मन्त्रीज्यू ! कोरोनाको खोप कसरी ल्याउनुहुन्छ, राख्ने ठाउँ खै ?’

थाहा खबर

काठमाडौँ
तस्बिर : थाहाखबर

अतिन आचार्य

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको विश्व प्रति-जैविक सचेतना सप्‍ताहका अवसरमा मंगलबार आयोजित कार्यक्रममा विभागीय मन्त्री भानुभक्त ढकालले कोभिड-१९ विरुद्धको भ्याक्सिन (खोप) प्रमाणित भएर बजारमा आउनासाथ नेपाली नागरिकले प्रयोग गर्न पाउने बताएका थिए।

सरकारले कोरोनाविरुद्ध तेस्रो चरणको खोप परीक्षणमा रहेका भारत, चीन, अमेरिका, बेलायत, जर्मनी, रुस र अष्ट्रेलीयालगायतका मुलुकलाई कूटनीतिक नोट पठाइसकेको पनि उनले उल्लेख गरेका थिए।

अहिले विश्वका विभिन्न मुलुकले परीक्षणकै क्रममा रहेका खोप प्रयोग गरिरहेका छन्‌। यी खोप परीक्षण सफल भए केही समय पश्चात् विश्वका विभिन्न मुलुकमा प्रयोग गरिनेछ। खोप आयात गर्नका लागि राष्ट्रपतिले भर्खरै अध्यादेश पनि पास गरिसकेकी छिन्। तर, नेपालमा अहिले बनेका खोपले अनुमति पाएपनि तत्काल आइपुग्ने अवस्था छैन।

 खोपको आयात गर्न कुटनीतिक पहल जारी राखिएको भनिएपनि त्यसैको आधारमा नेपालमा तत्काल खोप ल्याइहाल्ने अवस्था छैन। खोप आएमा त्यसलाई राख्ने भौतिक संरचना सरकारले तयार नै गरेको छैन। फाइजर कम्पनीले निर्माण गरेका खोपहरू माइनस ७० डिग्रीको तापक्रममा राख्नुपर्ने हुन्छ। खोप खरिद गर्न ७० अर्ब रुपैयाँ बजेट छुट्टयाएको भनेको सरकारले यसलाई राख्ने भण्डार अहिलेसम्म नबनाएको हो।

खोप निर्माणकर्ता मुलुकमा पनि संक्रमित छन्। उनीहरूको प्राथमिकतामा नेपाल परेमा मात्र भ्याक्सिनको सहज आयात हुने देखिन्छ। ट्रायलमा रहेका खोप प्रयोगको फाइनल डाटा सार्वजनिक भएपछि मात्र यसको आयात र प्रयोग गर्नुपर्ने हुन्छ, तर नेपालमा सहजै खोप आयात गर्न सक्ने अवस्था नरहेको विज्ञहरू बताउँछन्।

 

प्रकाशित मिति: : 2020-11-26 11:54:00

प्रतिकृया दिनुहोस्