'अब विद्यालय खुल्छन्'

कोरोना महामारीको जोखिमकै बीच सरकारले परीक्षाहरूमध्ये पहिलोपटक कक्षा १२को विद्यार्थीहरूको भौतिक उपस्थितिमै मंसिर ९ गतेदेखि अन्तिमा परीक्षा सुरु गर्यो । ९ महिनादेखि विद्यालय बन्द हुँदा घरमा उकुस मुकुसमा रहेका विद्यार्थीहरू बुधबार परीक्षामा तोकिएको समयभन्दा एक घन्टाअगावै पुगेर साथीसँग भौतिक दूरी कायम गर्दै गफिँदै थिए । उनीहरू साथीसँग अन्तरआत्मादेखि नै विद्यालय आउन पाएको खुशी व्यक्त गरिरहेका भेटिए । मंगलबारको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षामा विद्यार्थीले स्वास्थ्य सुरक्षाको मापदन्ड पनि पूर्णरुपमा अपनाएका थिए ।

मंगलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल परीक्षा सञ्चालन, व्यवस्थापन तथा स्वास्थ्य सुरक्षाको मापदन्डबारे बुझन त्रिपुरेश्वरमा रहेको विश्व निकेतन माविमा साढे आठ बजे पुगेका थिए । उनी स्कुलमा पुग्नसाथ स्कुलले अपनाएको स्वास्थ्य सुरक्षाको मापदन्ड देखेर सन्तुष्ट बने । विश्व निकेतन स्कुलले परीक्षार्थीको ज्वरो नाप्न थर्ममिटर गन, सेनिटाइजर, मास्क, साबुनपानी तथा सेनिटरी प्याडसमेतको व्यवस्था गरेको थियो । यो देखेपछि उनले यस्तै सावधानी अपनाएर भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्न सकिने आधार बनेको बताए । ‘स्कुलका शिक्षक र विद्यार्थी निकै सचेत भएको मैले पाए,’ उनले अनुगमनपछि नागरिकसँग भने, ‘विद्यार्थी भाइबहिनीहरू पनि भौतिक दूरी कायम गरी आफैं जागरुक बनेर सुरक्षाका सबै उपाय अपनाएर परीक्षा दिइरहेको देख्दा सन्तुष्ट बनेँ ।’ 

प्रकाशित मिति: : 2020-11-25 10:03:00

प्रतिकृया दिनुहोस्