सोमबार, १५ डिसेम्बर २०२५

नेइमारकाे गाेलमा पीएसजीकाे जित, अन्तिम १६ मा पुग्ने सम्भावना जिवितै

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाै‌ं
News Image
• • •

नेइमारको गोलकोमा पेरिस सेन्ट–जर्मेन (पीएसजी) च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा पुग्ने सम्भावना जिवितै राखेकाे छ।

समूह एच अन्तर्गत मंगलबार राति भएको खेलमा घरेलु टोली पीएसजीले आरबी लेइप्जिगलाई १–० ले पराजित गरेको हो।

आरबीका खेलाडीले एन्जल डी मारियालाई फउल गरेपछि पाएको पेनाल्टीमा ११ औँ मिनेटमा नेइमारले गरेकाे गोल नै पीएसजीको जितमा निर्णायक बन्यो।

दुई खेल बाँकी हुँदा आरबी ६ अंकसहित तेस्रो स्थानमा छ।  

समान ६ अंक नै भएको पीएजसी गाेल अन्तरकाे आधारमा दोस्रो स्थानमा छ।


 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!