मन्त्रिपरिषद् बैठकले बलात्कारविरुद्धको अध्यादेश पारित गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश पारित गर्दै आइतबारै जारी गर्न राष्ट्रपति कार्यालय शीतल निवास पठाइएको जनाइएकाे छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयअघि बलात्कारसम्बन्धी कानुन कडा बनाउने बताएका थिए।
कानुन मन्त्रालयले अध्यादेश तयार पारेर मन्त्रिपरिषद्मा पेस गरेको थियो । राष्ट्रपतिबाट आजै उक्त अध्यादेश जारी हुन सक्ने पनि ती मन्त्रीले जानकारी दिए ।
मुलकी अपराध संहिता २०७४ अनुसार हालको कानुमा १० बर्षभन्दा कम उमेरकी बालिका, पूर्ण अशक्त, अपांग र ७० बर्षमाथिका महिलालाई बलात्कार गरेमा जन्मकैद र १४ वर्ष भन्दा मुनिका बाललिकालाई बलात्कार गरे १८ देखि २० कैदको व्यवस्था छ।
त्यस्तै १४ माथि र १६ मनिकालाई बलात्कार गरे १२ देखि १४ बर्ष कैदको व्यवस्था छ। १६ देखि १८ सम्मका लाई बलात्कार गरे १० देखि १२ वर्ष कैदको व्यवस्था छ। त्यस्तै १८ वा त्यो भन्दा बढी उमेरकी महिला भए ७ देखि १० वर्ष कैद रहेको छ। बैबाहिक बलात्कारका घटनामा ५ वर्षसम्म कैदको व्यवस्था छ।