रविको मुद्दा आज पनि हेर्दाहेर्दैमा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनको  सुनुवाइ आज पनि हेर्दाहेर्दैमा राखिएको छ।

मंगलबारदेखि सुनुवाइ सुरु गरिएको रविको मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो। तर, बुधबार संयुक्त इजलासका न्यायाधीशहरूको इजलास फरक-फरक परेपछि लामिछानेको मुद्दा हेरिएन।

रविसँगै पूर्वडीआईजी छविलाल जोशीको मुद्दा पनि एकैपटक हेरिँदै छ।

प्रकाशित मिति: : 2025-05-22 18:15:00

प्रतिकृया दिनुहोस्