ग्वाटेमालामा सरकार विरोधी प्रदर्शनकारीले संसद भवनमा तोडफोड गर्नुका साथै आगजनी गरेका छन्।
संसदले बुधबार राति पारित गरेको बजेटको विरोधमा विपक्षीले प्रदर्शन गरेका हुन्।
राष्ट्रपति एलेजान्ड्रो गिएम्याट्टेइले राजीनामा दिनु पर्ने मागसहित संसद भवन भित्र छिरेका सयौँ प्रदर्शनकारीले छोडफोड तथा आगजनी गरेका हुन्।
उनीहरुलाई दंगा प्रहरीले तितरवितर पारेको छ।
स्थानियका अनुसार भवनमा आक्रमण तथा आगजनी हुँदा कोही पनि थिएनन्। १० मिनेट भित्र आगजनी नियन्त्रणमा लिइएकाे जनाइएकाे छ।
क्षतिको विवरण सार्वजनिक भएको छैन।