अमेरिकाको उप–राष्ट्रपति पदमा निर्वाचित कमला ह्यारिसका श्रीमान डग एमहाफले जागिर परित्याग गर्ने भएका छन्।
उनले श्रीमतीलाई सघाउन जागिरबाट राजीनामा गर्न लागेका हुन्। अमेरिकी मिडियाले डगलाई ‘सेकेन्ड जेन्टलम्यान’ को उपाधि दिएका छन्।
डग यहुदी हुन् र पेशाले वकिल पनि। गत अगस्टमा कमलाले उप–राष्ट्रपति पदमा उम्मेदवारी दिएदेखि नै डग छुट्टिमा थिए।
श्रीमतीको चुनावी अभियानमा उनी निकै सक्रिय थिए। डेमोक्रेटिक पार्टीले राष्ट्रपति र उप–राष्ट्रपतिको चुनाव जितेपछि उनी जो वाइडेन र कमलासँगै देखिएका पनि थिए।
अमेरिका टुडेको रिपोर्टअनुसार डगले वाइडेनको प्रशासनमा बाहिर बसेर श्रीमतीलाई सघाउने छन्। उनले कुनै सरकारी पद ग्रहण नगर्ने बताइएको छ।
डग अमेरिकाका सफल वकिलको गिन्तीमा आउँछन्। डग कमलाको दोस्रो श्रीमान हुन्। उनीहरूको भेट २०१३ मा भएको थियो।
२०१४ मै उनीहरूले विवाह गरेका थिए। डगको पनि दोस्रो विवाह हो। उनीहरूको दुई केटाकेटी छन्।