सोमबार, १५ डिसेम्बर २०२५

प्रधानमन्त्री ओलीले दिए अमेरिकी राष्ट्रपति वाइडनलाई बधाई

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाै‌
News Image
• • •

प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो वाइडन र उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिएका छन्।

प्रधानमन्त्री ओलीले आइतबार बिहान ट्वीटरमा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध थप मजबुत बनाउन अमेरिकी नेतृत्वसँग मिलेर काम गर्ने पनि बताएका छन्।

उनले लेखेका छन्, ‘शानदार र ऐतिहासिक जितको लागि तपाईंहरुलाई बधाई छ। दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउनका लागि अमेरिकाको नयाँ नेतृत्वसँग मिलेर काम गर्ने आशा व्यक्त गर्दछु।’

डेमोक्र्याटिक उम्मेदवार वाइडेन अमेरिकाको ४६औँ राष्ट्रपति बन्ने निश्चित भइसकेको छ।  

 उनले रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई पराजित गरेका छन्। बाइडनकै तर्फबाट उपराष्ट्रपति पदमा कमला ह्यारिस निर्वाचित भएकी छन्।

एकता र सम्भावको सन्देशसहित चुनाव लडेका वाइडेनले पेन्सिलभेनिया तथा नेभाडको नतिजा आफ्नो पक्षमा पारेसँगै २७० इलेक्टोरल कलेज मतको आँकडा पारे गरेका छन्।

राष्ट्रपतिमा निर्वाचित हुनका लागि २७० इलेक्टोरल कलेज मत चाहिन्छ। तर उनले त्यो आँकडा पार गरेका हुन्। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!