राष्ट्रपतिकी उम्मेदवार लक्ष्मी राईको गाउँ मोह

भोजपुर, कात्तिक २२ : राष्ट्रपतिका लागि मनोनयन दर्ताको दुई दिन अघि (२०७४ फागुन २१ गते) लक्ष्मी राईको मोबाइलमा घण्टी बज्यो।

भोजपुर पोखरेस्थित आफ्नै घरमा बसिरहेकी उनले मोबाइल हेर्दा कांग्रेस सभापति शेरबहादुर देउवाको फोन आएको रहेछ। फोन उठाउने बित्तिकै देउवाले भनिहाले– ‘लक्ष्मी बहिनी तपाईंलाई पार्टीले राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ। मनोनयन दर्ता गराउन तुरुन्त काठमाडौं आउनू।’  

लक्ष्मीले आफू राजनीतिबाट अवकाश लिएर जिल्ला फर्किएको भन्दै अनिच्छा व्यक्त गरिन्। त्यसको जवाफमा देउवाले उनलाई भने, ‘सहिदकी छोरी भएर पार्टीलाई आवश्यक पर्दा पन्छिन खोज्ने?’

उनी हतार हतार राष्ट्रपतिको मनोनयन गर्ने दिन बिहान काठमाडौं पुगिन्। ‘समय कम थियो। म विमानस्थलबाट सिधैँ सिंहदरबार पुग्दा नेताहरु मलाई नै पर्खिएर बसेका रहेछन्,’ उनले भनिन्,‘नेताहरुले अहो! तपाईं आइपुग्नुभयो। हामी त आइपुग्नु हुन्न कि भन्ने चिन्तामा थियौं।’

राष्ट्रपति पदमा उनले मनोनयन दर्ता गरिन् र पत्रकाहरु माझ पुगिन्। एक जना  पत्रकारले प्रश्न गरे- तपाईं हार्छु भन्ने जान्दाजान्दै किन उम्मेदवार बन्नु भएको ?

प्रकाशित मिति: : 2020-11-07 16:00:00

प्रतिकृया दिनुहोस्

यो पनि पढ्नुहोस्