केही समयपहिले साहित्यकार नयनराज पाण्डेले आफ्ना साथीहरुबारे एउटा पुस्तक लेखेका थिए, ‘यार’ ।
आफ्ना साथीहरुसँगको तितामिठा स्मरणहरुको त्यो सङ्ग्रह पठनीय थियो। पंक्तिकारले पनित्यो पुस्तकको विषयवस्तुको नक्कल गर्दै केही साथीहरुको बारेमा स्मरण गर्ने दुस्साहस गर्दै छु।
यद्यपि लेखनको मामिलामा नयन दाइको छेउछाउमा पुग्नपनि मैले अर्काे जन्म लिनुपर्छ । प्रस्तुत आलेखलाई उहाँको भद्दा नक्कल भन्दापनि फरक नपर्ला।
साथीहरुको मामिलामा यो संसारमै मजस्तो गरिब मान्छे अर्काे कोही छैन होला। आफ्नो झगडालु र अमिल्दो स्वभावको कारण सङ्गत भएका साथीहरु पनिक्रमशः छुट्दै गए। त्यसरी छुट्नुमा सम्पूर्ण जिम्मेवारी मेरै छ किनकि म एउटा मात्र खराब मान्छे हुँ अरु सबै दुधले पखालिएका छन्।
अरुहरुको टोल–छिमेकका, स्कुल–कलेजका, कामगर्ने स्थानका, ट्युसन र ल्याङ्ग्वेज पढ्दाको, मामाघर नजिकको, फेसबुकको जस्ता गरेर कति–कति साथी हुन्छन् तर आफ्नो भने दुईहातको दशऔंला पनि बढी हुन्छ– साथीको संख्यामा। त्यस्तै, केही साथीहरुसँगको स्मरण पस्किने प्रयास गर्दैछु।आशा छ, पाठकवर्गलाईयसमाआनन्दआउने छ।
कुनै समय नेपाली सिनेमाका नायक थिए– मेरा मित्र किरणप्रताप केसी। औपचारिक शिक्षाले सिभिल इञ्जिनीयर, शोखले कलाकार र पेशाले व्यापारी उनको व्यक्तित्व बहुआयामिक थियो।
यसको साथै सानै रुपमा भएपनि सहयोग वा समाजसेवा गर्न रुचाउने उनको कमलादीमा एउटा सुपरमार्केट थियो। त्यो ठाउँतिर गएको समययदि म फुर्सदिलो भएको अवस्था छ भने उनको पसलमा पस्थेँ र केही समय यताउताका कुरा गरेर निस्कन्थें।
एक दिन उनको स्टोरमा मैले केही सामान किनेँ तर बिलतिर्ने बेलामा म सँग एक सय रुपैयाँ कम भयो । त्यो एक सय रुपैयाँ कम तिरेरै म घर फर्कें। समयक्रमले त्यो कुरा मैले बिर्सिएँ र त्यसको केही समयपछि उनी अमेरिका आए। हालपनि उनीसँग मेरो मित्रता यथावतै छ ।
इमान्दारी साथभन्नुपर्दा म उनको ऋणी पनि छँदैछु। मलाई उनको ऋणी बनेरै बस्ने इच्छा छ । म त्यो ऋण कहिले पनितिर्ने छैन।
राजेन्द्र अर्याल मेरो वालसखाहो। लैनचौर स्कुलमाहामी पढ्दा गरेको बदमासी सम्झिँदा अहिले पनिहाँसो उठ्छ। भारतीय राजदूतावासमा आलुबखडा चोर्नेदेखि भाडाको साइकल चढेर स्कुलबाट भाग्नेजस्ता अनेक कर्म गरियो । त्यसको परिणामस्वरूप तत्कालीन प्रधानअध्यापक(स्व.) दमनप्रसाद आचार्यको हातबाट पिटाइ पनिखाइयो।
खै,मलाई त लाग्दैन तर सबै जनाउनको र मेरो अनुहार मिल्छ भन्थे।शायद सँगै गरेको सैतानिले हो कि?आजका सफल विज्ञापन व्यवसायी अर्यालत्रिकोण एड्भर्टाइजिङ्गका सञ्चालक हुन्। आजपनिऊ र मेरो तँ–तँ र म–म नै चल्छ । म उसलाई अर्याल भन्छु। मैले कुनैपनि बेला मागेको सहयोगमा कहिले पनि हुँदैन नभन्ने उसँगको मित्रता मेरो जीवनको एउटा अमूल्य निधि हो।
मेरो दृष्टिमा दिनेश कार्की घाघ मान्छे हो, साथै मलाई स्नेह गर्ने भाइ। ‘घाघ’ को अर्थ हो– उत्कृष्टताको चरम बिन्दु । ‘घाघ मान्छे’भन्नुको अर्थ हो–उत्कृष्ट मान्छे। ऊ सधैँ मेरो बारेमा चिन्ता लिन्छ । मेरा लागि केही गर्न सकिन्छ कि भनेर सोच्छ र गर्छ पनि।
कुनै कुरा चित्त बुझेको छैन भने खुला रुपमा आलोचना गर्छ । मेरो कमजोरीहरुलाई पनि इंगित गर्छ। तर, मप्रति उसको जुन आदरभाव छ। त्यो सधैँ एकनाश छ।
चाहे राम्रो कुरा गरेको समय होस्अथवा गाँड कोराकोरको अवस्था। ऊ मेरोलागि भगवानले दिएको अमूल्य उपहार हो, जसलाई म जीवनभरि सम्हालेर राख्न चाहन्छु।
(स्व.) क्षेत्रप्रतापअधिकारीको शब्द र (स्व.) नारायण गोपालको स्वरमा सजिएको गीत ‘खुशी मात्र कहाँ हुन्छ र पीरमापनि फुलिदिन्छु’भनेको जस्तै ऐन मौकामा आफ्नो रङ देखाउने मित्र पनि पाएको छु।
युरोपको नाम चलेको विश्वविद्यालयबाट अध्ययन गरेर हाल सयुंक्त राष्ट्रसंघमा काम गर्ने फलानोजी मभन्दा केही पहिला अमेरिका आएका उनले म नेपाल रहुञ्जेल मलाई छिटोभन्दा छिटो यताआउन र यता आएपछि सँगै रहने बस्ने कुरा लगभग प्रत्याेक दिन गथ्र्यो।
जब म आफूपनि अमेरिका आउन लागेको सूचना दिएँ। त्यसपछि उनले मलाई अचानक बिना सूचना नै फेसबुकमा ब्लक गरिदिए । मसँग सम्पर्क पनि बन्द गरिदिए। म आएर उनको घरमा शरण लिन्छ र मलाई पाल्नुपर्छ भन्ने डर लागेको भए त्यस्तो डर लिनुपर्दैन।
म जहाँ बस्छु, यहाँबाट उनको शहरमा जान साढे पाँच घण्टाको हवाई यात्रा गर्नुपर्छ। लगभग काठमाडौँबाट ब्याङ्कक गए जति।
बोलाएत जान नसकिने दूरी छ भने त्यसै लिसो टाँसिएको जस्तो गर्न असम्भव छ। म उनलाई धन्यवाद दिन चाहन्छु कि उनले आफ्नो रङ्ग र हैसियत छिटो देखाए।
यसको साथै अनजानमै भएपनि मेरोतर्फबाटकुनै किसिमको हानी नोक्सानी हुन गएको रहेछ भने म खेद प्रकट गर्दै क्षमा चाहन्छु।
त्यस्तै आजसम्म मभित्र रहेको खराबी र कमजोरी सबैभन्दा बढी देख्ने मेरो मित्र हो, ढिस्कानो जी। मेरोबारेमा अरुसँग मनचिन्ते कुरा गरेर मेरो बेइज्जत गर्न रुचाउने त्यो उसको ‘फुलटाइम जब’हो तर उसले गरेका र मैले थाहा पाएका कुकर्महरु मैले पनिभन्दै हिँडे भने त्यसको परिणाम के हुन्छ?त्यो उसले कहिले पनि सोच्दैन।
कस्तो–कस्तो अपराध र कुकर्म गर्दा मैले उसलाई साथ र सहयोग गरेको छु ।त्यसको पोल खुले भने परिणाम कतिको भयावह हुन्छ, त्यो विषयमा एक पटक गम्भीरतापूर्वक सोच्न मेरो हार्दिक अनुरोध छ।
मलाई खुशी लाग्छ कि दुनियाँदारीको यस्तो मुसादौडमा पनि मेरो बारेमा मात्र सोचेर बस्ने मान्छे पाउनु भाग्य नै हो। मैले उसलाई पिठ्युपछाडि कुरा काट्ने काम दिएको छु, जसका लागि कुनै तलब वापारि श्रमिक दिनुपर्दैन तर काम यति राम्रोसँग गरेको छ कि उसलाई बक्सिस दिनमन लाग्छ।
यो फलानो र ढिस्कानोजीभनेर भन्नु र उनीहरुको वास्तविक नाम नदिनुको अर्थ उनीहरुको घटियापना र नीचतालाई गोप्य राखिदिएको मात्र हो।
पाठक महोदय, तपाईंहरुको जीवनमा पनि यस्ता फलानो र ढिस्कानो जी भएको हुनुपर्छ, यदि छैन भने तपाईं संसारको सबैभन्दा भाग्यमानी मान्छे हो।
मेरो जीवनको अनेकौँ मोडमा धेरै मित्रहरुको साथ र सहयोग छ। यी माथि उल्लिखित मित्रहरुबाहेक पनि धेरै मित्रहरुले मलाई सुखदुःखमा साथ दिएका छन्। यहाँ सबैको नाम समेट्न नसकेको मात्र हो । अङ्ग्रेजीमा भनिन्छ नि, यो ‘लास्ट बट नट लिस्ट’हो।
खराबी नै खराबीले भरिएको मजस्तो मान्छेसँग सबैलाई सङ्गत गर्न सजिलो छैन । यहाँ मेरो खराबीको वर्णन गरेर साध्यपनि छैन। यदि अमेरिकामा बसेर उल्लेखनीय उपलब्धि हासिल गरेका नेपालीहरुसँग कुराकानी गर्ने टेलिभिजन कार्यक्रम ‘गज्जबगफगाफ’ सञ्चालन गर्ने मेरा मित्र तरुण पौडेलले यदि कुनै दिन अमेरिकामा बसेर कुरा ठूलो–ठूलो गर्ने तर कामको नाममा सिन्को नभाँच्नेहरुसँग कुराकानी गर्न खोज्नुभयो भने उनको कार्यक्रमको पहिलो पाहुना म नै हुनेछु।