इटालीका फुटबल प्रशिक्षकलाई कोरोना

इटालीको राष्ट्रिय फुटबल टिमका प्रशिक्षक रोबर्तो माचिनीलाई कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ। 

सन् २००९–२०१३ सम्म म्यानचेस्टर सिटीको प्रशिक्षककाे मुख्य भूमिका सम्हालिसकेका ५५ वर्षका रोबर्तोमा काेराेना भाइरसकाे कुनै लक्षण देखिएको छैन। 

उननमा काेराेना भाइरसकाे लक्षण देखिएसँगै उनी रोमस्थित घरमा आराम गरिरहेकाे इटालियन फुटबल फेडेरेशनले जनाएकाे छ।

इटालीले आउँदो दुई हप्तामा तीन खेल खेल्दैछ। बुधबार इस्टोनियासँग मैत्रीपूर्ण खेल खेल्दैछ। 

यस्तै त्यसपछि नेशन्स लिगमा पोल्याण्ड र बोजनियासँग खेल्ने छ।

रोबर्तो २०१८ बाट इटालीको टिम हेर्न थालेका हुन्। इटाली सन् २०१८ को विश्वकपमा छनोट हुन असफल भएपछि उनी मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए।

उनको नेतृत्वमा इटालीले युरोकप छनोटको १० खेलमा १० जित हात पारेकाे थियाे।

प्रकाशित मिति: : 2020-11-07 08:03:00

प्रतिकृया दिनुहोस्