विज्ञको चेतावनी : कोरोनाबाट बच्न भनेर आफूखुसी औषधि/जडीबुटी खाइरहनुभएको छ? सावधान !

नेपाल खबर

काठमाडौँ
सांकेतिक तस्बिर

कोरोना महामारीसँगै यतिबेला यससँग सम्बन्धित विभिन्न भ्रम पनि तीव्र गतिमा फैलिरहेका छन्।

कोरोनाबाट बच्न तथा रोग प्रतिरोधात्मक क्षमता बढाउन भन्दै आफूखुसी औषधि तथा जडीबुटी सेवन गर्ने क्रम बढिरहेको छ।

यही मौका छोपेर औषधिका नाममा व्यापार गर्ने सलबलाइरहेका छन्।

तसर्थ कोरोना भाइरसबाट जोगिने धुनमा जथाभावी औषधि प्रयोग गर्दा उल्टै ज्यान जोखिममा पर्ने चेतावनी विज्ञले दिएका छन्।

तसर्थ कुनै पनि औषधि सेवन गर्दा के के कुरामा होसिायरी पुर्‍याउनुपर्छ भन्ने विषयमा जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले यस्ता सुझाव दिएका छन् :

सेल्फ मेडिकेसन अर्थात् आफूखुसी औषधि सेवन नगरौं 
कोरोना महामारी तीव्र गतिमा फैलिएसँगै भ्रम र हल्ला पनि बढिरहेका छन्। महामारीमा मान्छेको मन कमजोर हुन्छ, त्यही मनोविज्ञानमाथि व्यापार गर्नेको संख्या दिनानुदिन बढिरहेको छ। यसले गर्दा गलत औषधिको प्रयोग बढिरहेको छ।

-विशेषज्ञ चिकित्सकको सल्लाहबिना बजारमा आएका एन्टिभाइरल औषधि, मलेरियाको औषधि, जुका तथा अमिबाका लागि प्रयोग गर्ने औषधि तथा ब्लडप्रेसर एवं उदासीपनामा प्रयोग हुने लगायतका औषधि आफैंले किनेर खानेजस्ता जोखिम काम भइरहेका छन्। यी औषधि अस्पताल भर्ना भएका बिरामीले सम्बन्धित विज्ञको निगरानीमा मात्र सेवन गर्नुपर्छ। अन्यथा गम्भीर साइड इफेक्ट भोग्नुपर्ने हुन्छ।

 

प्रकाशित मिति: : 2020-11-01 09:12:00

प्रतिकृया दिनुहोस्