कोरोना कहरमा चिनिएका डाक्टर

अनलाइनखबर

वीरगञ्ज
तस्बिर : अनलाइनखबर

सुरेश बिडारी

फेमिली फिजिसियन तथा आकस्मिक रोग विशेषज्ञ उदयनारायण सिंह (३६) अहिले नारायणी अस्पतालमा इमर्जेन्सी विभाग प्रमुख छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका एमडी उनले त्यहाँँ उपप्राध्यापकको जागिर पनि पाएका थिए । तर, मन आफ्नै वीरगञ्जमा तानियो ।

अनि राजिनामा दिएर नारायणी अस्पतालमा अस्थायी मेडिकल अधिकृत बन्न आए । गृह नगरको अस्पतालमा कामसँगै लोकसेवा आयोगको परीक्षा दिने तयारी अगाडि बढाए । स्थायी भएको पनि अब त चार वर्ष पुग्न लाग्यो, तर गृहनगरमा उनले चर्चा भने कोरोना महामारीकालमा पाए ।

चैत २०७६ मा भारतको दिल्लीबाट फर्किएका एक विद्यार्थी कोरोना संक्रमणको आशंकामा नारायणी अस्पताल आउँदा आकस्मिक विभागमा खैलाबैला मच्चिएको थियो । उनलाई हेर्ने डा. सिंह नै थिए । आकस्मिक विभाग प्रमुख सिंह भन्छन्, ‘त्यतिखेर मास्क पनि थिएन, दुरी कायम गरेर ती विद्यार्थी भाइसँग कुरा गरेँ ।’

त्यसपछि त नारायणीको आइसोलेसन वार्डमा उनको ड्युटी दिन प्रतिदिन बढ्न थाल्यो । कोभिड विशेष अस्पतालमा रुपान्तरण हुनुअघि नारायणीको आइसोलेसन वार्डमा १६ जना शंकास्पद संक्रमितलाई उपचार गरिएको थियो ।

प्रकाशित मिति: : 2020-10-24 15:25:00

प्रतिकृया दिनुहोस्