बिएल संवाददाता
राष्ट्रिय परीक्षा बोर्डले देशभर मंसिर ९ गतेबाट कक्षा १२ को परीक्षा संचालन गर्ने भएको छ।
वैशाख ८ गतेदेखि संचालन हुने परीक्षा कोरोना संक्रमणको कारण स्थगित गरिएको थियो । परीक्षा कोरोना महामारीका कारण आठ महिनापछि हुन लागेको हो।
राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षा सम्बन्धी समय तालिका सार्वजनिक गरेको हो।
साधारण, संगीत, ललितकला र संस्कृत विषय र प्राविधिकतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षा पनि सञ्चालन हुने बाेर्डले जनाएकाे छ।
परीक्षा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र सामाजिक दुरीको पालना गरी गराउनुपर्ने छ।
आफूलाई पायक पर्ने ठाउँमा मात्र परिक्षा दिन पाउनेछन् भने पूर्णाक ४० अंक मात्र निर्धारण गरिएको छ।
४० अंक र विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गरिने बोर्डले जनाएको छ।
बिहान ८ बजेदेखि साढे ९ बजेसम्म परीक्षा संचालन हुनेछ। शनिबार पनि परीक्षा संचालन गरेर मंसिर १६ गते सकिनेछ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया