पुट्ट भुँडी, रोगको लुँडी

अनलाइनखबर

काठमाडौं 
तस्विर ः अनलाइनखबर

डा. हेमराज कोइराला

चिकित्सा विज्ञानमा भएका धेरै अनुसन्धानहरूले भुँडी लाग्ने समस्यालाई अनेकौं रोगहरूको कारक तत्वको रूपमा दर्शाएका छन् । हुन पनि यो भुँडीलाग्नाको कारणले मुटु तथा रक्तनलीका रोग, अल्जाइमर रोग, मेटाबोलिक सिन्ड्रोम, टाइप-२ मधुमेह, एलडीएल कोलेस्टेरोल बढ्ने, एचडीएल कोलेस्ट्रोल घट्ने जस्तो रक्तचिल्लोको गडबडी, हृदयघात, मस्तिष्कघात, उच्च रक्तचाप, विभिन्न किसिमका क्यान्सर, हड्डी खिइने समस्या, कलेजोमा बोसो जम्ने समस्या, निन्द्रामा घुर्ने समस्या, तनाव, चिन्ता, भय, उदासिनता र नैराश्यता जस्ता शारीरिक एवं मानसिक समस्याहरू देखा पर्छन् । यसरी भुँडी लागेकै कारणले अनेकौं दीर्घ एवं जीर्ण रोगहरू लाग्ने भएपछि भुँडीलाई हाम्रो व्यक्तित्वको प्रतीक हैन रोगको पोको मान्न थालिएको छ ।

१. मुटुरोगः

संसारमा प्रत्येक वर्ष मुटु तथा रक्तनलीको रोगको कारणले एक करोड ७७ लाख मान्छे मारिन्छन् । यसर्थ मुटु तथा रक्तनलीका रोगहरू संसारका नं. एक हत्यारा हुन् । यसरी यति धेरै मानिसहरू मार्ने मुटु तथा रक्तनलीका रोगहरूको जोखिम बढाउनुमा भुँडीमा लागेको बोसोको पनि ठूलो हात छ ।

एउटा अनुसन्धानले दर्शाए अनुरूप ३५% मुटुरोग भुँडी लाग्नाले वा तौल बढ्नाले हुने गर्छ । भुँडीमा बोसो लाग्दा रक्तचाप बढ्ने, रक्त ग्लुकोज बढ्ने, राम्रो कोलेस्ट्रोल घट्ने, नराम्रो कोलेस्ट्रोल र ट्राइग्लिसराईड बढ्ने, शारीरिक सक्रियता घट्ने, मानसिक तनाव बढ्ने जस्ता मुटुरोगका जोखिम बढाउने समस्याहरू बढ्ने हुँदा मुटु तथा रक्तनली सम्बन्धी रोग पनि लाग्ने गर्छ ।

प्रकाशित मिति: : 2020-10-19 13:29:00

प्रतिकृया दिनुहोस्