कहाँ छ सरकार ? गोदाममै कुहियो राहतको चामल तर जनता भोकभोकै !

लोकान्तर

काठमाडाैं

सडक विस्तारका क्रममा २२ दिनअघि जनकपुरधाम उपमहानगरपालिका–१ मुसहरी टोलका २७ घरटहरा भत्काइए । बेघर भएका सदा र मल्लिक समुदायका २७ परिवार त्यसयता गाँस र बासको चिन्तामा छन् ।

‘सरकारले घर भत्काएपछि हामी बेघर भएका छौं, खाने र बस्ने दुवै चिजको चिन्ता छ,’ स्थानीय शिवा सदाले भने, ‘कोरोना महामारीका बेला पर्याप्त ज्याला–मजदुरी पनि मिल्दैन । साँझ–बिहान दुई छाक पनि खाना खान पाइएको छैन । कसरी पेट भर्ने होला ? कहाँ छ सरकार ।’ उनी जस्तै बेघर भएका सबैको चिन्ता उस्तै हो । उपमहानगरपालिका क्षेत्रका वासिन्दा भोकै परिरहेका बेला जनकपुरधाम उपमहानगरपालिकाले राहत वितरणका लागि किनेको चामल व्यवस्थापन र संरक्षण अभावमा कुहिन थालेको छ । लकडाउन घोषणा भएको बेला विपन्न जनतालाई राहत वितरण गर्न चामल खरिद गरिएको थियो ।

प्रकाशित मिति: : 2020-10-16 13:37:00

प्रतिकृया दिनुहोस्