सांसदकाे सुझाव: १०–१५ दिन काठमाडौं उपत्यका भित्रने नाका ठप्पै पाराैं

फाइल तस्वीर

नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठले उपत्यकामा लकडाउन गर्न ढिलो भइसकेको बताएका छन्। कोरोना भाइरसको संक्रमित साचेको भन्दा धेरै संख्यामा बढ्न थालेको भन्दै उनले लकडाउनको बिकल्प अगाडि सारेका हुन्। 

सोमबार शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा उपत्यकाको अवस्था थेगी नसक्नुभएकाले अब सरकारले फेरि कडा खालको लकडाउन गर्नुपर्ने सुझाव दिएका हुन्। 

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार २८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आजमात्रै काठमाडौंमा एक हजार ८८८, भक्तपुरमा ११८ र ललितपुरमा २७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

उनले संक्रमण तीव्र गतिमा फैलिरहेको अवस्थामा अहिले लकडाउन गर्नु उपयुक्त समय भएको बताए। ‘अहिले लकडाउन गर्ने उपयुक्त बेला हो। संक्रमण भएका व्यक्तिहरु गाउँ जाने क्रम सुरु हुन्छ,’ श्रेष्ठले भने।

यता सांसद उमेश श्रेष्ठले पनि दसैँं तिहारको १०–१५ दिन काठमाडौं ठप्पै पार्नुपर्ने बताए।

‘काठमाडौंको व्यवस्थापन असाध्धै सुधार गर्नुपर्छ। दसैँ तिहारको समयमा १०–१५ दिन ठप्पै बन्द नगरे काठमाडौंमा कोरोनाले थप महामारीको रुप लिने निश्चित छ,’ उनले भने। 

यस्तै समिति सभापति जयपुरी घर्तीले सरकारको काम कारबाहीलाई थप व्यवस्थित बनाउन आवश्यक रहेको बताइन्। नागरिकले पनि सावधानी अपनाएर कोराना फैलिन नदिन ख्याल गर्नुपर्ने बताइन्।

यता संसदीय उपसमितिले दसैँं–तिहारको समयमा उपत्यका प्रवेश गर्ने नाका बन्द गर्न सरकारलाई सुझाव दिएको छ।

बैठकमा उपसमितिले गरेको अध्ययन र अनुगमनको निष्कर्ष र सुझाव सुनाउँदै संयोजक जीवनराम श्रेष्ठले उपत्यका प्रवेशको नाका सिल नगरे कोरोना भाइरसको महामारी थप भयावह हुने चेतावनी दिए।
 
‘उपत्यकाबाट जाने कुराले बाहिर जिल्लामा समेत भयावह हुने अवस्था रहेका कारण दसैँ– तिहारको बीचमा उपत्यकाको बोर्डर सिल गर्नुपर्छ। भित्र आउने र बाहिर जाने कुरालाई बन्द गर्नुपर्छ भन्ने हाम्रो सुझाव रहेको छ,’ संयोजक श्रेष्ठले भने।

उनले कोरोना भाइरसको ‘हटस्पट’ बनेको उपत्यकाकामा यसलाई नियन्त्रण गर्न र संक्रमित बाहिर नजाउन् भन्नेमा ध्यान दिनुपर्ने बताए। 

‘उपत्यका बाहिर कोरोना महामारीबाट बच्न सतर्कता नअपनाइएको पाइएको छ। अत्यधिक हेलचेक्र्याईंले गर्दा उपत्यकामा पनि संक्रमण बढीरहेको छ।यसलाई सरकारले रोक्नुपर्छ,’ उनले भने।

गत भदौ ९ गते शिक्षा तथा स्वास्थ्य समितिको बैठकले श्रेष्ठको नेतृत्वमा सात सदस्यीय उपसमिति गठन गरेको थियो।

उपसमितिले उपत्यका र उपत्यका बाहिरका विभिन्न जिल्लामा पुगेर कोरोना महामारी रोकथाममा सरकारले गरेको कामको अनुगमन गरी प्रतिवेदन तयार पारेको छ।

यता बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले लकडाउन गर्ने विषय राजनीतिक निर्णय भएको बताए।

आवतजावतमा कडाई गर्ने विषयमा छलफल भइरहेको भन्दै उनले त्यसबारे सरकारले निर्णय गर्नुपर्ने बताए। 
 

प्रकाशित मिति: : 2020-10-12 20:56:00

प्रतिकृया दिनुहोस्