माग हेरेर दुई लटमा खसीबोका ल्याउने तयारीमा व्यवसायी, पहिलो लट घटस्थापनाको दिनदेखि बजारमा

पहिलो लट घटस्थापनाको दिनदेखि बजारमा
पहिलो लट घटस्थापनाको दिनदेखि बजारमा

कोरोना महामारीकै बीचमा मुलुकभर दशैंको माहोल शुरू भएको छ । दशैं नजिकिएसँगै यसका लागि आवश्यक तयारी शुरू हुन थालिसकेको छ ।

पेशा/व्यवसाय तथा अध्ययनका लागि शहरमा रहेका मानिसहरू दशैं मान्नका लागि घर फर्किने क्रम शुरू भइरहेको छ ।

महामारीकै बीचमा दशैंका लागि भनेर काठमाडौं उपत्यकामा ५५ हजारभन्दा बढी खसीबोका आयात हुने भएका छन् । 

व्यवसायीहरूका अनुसार, घटस्थापना (कात्तिक १ गते) सम्ममा काठमाडौं उपत्यकामा खसी बोका तथा भेडाच्यांग्रा आइपुग्नेछन् ।

कोरोना महामारीका कारण क्रयशक्ति घटेको भन्दै एकै लटमा धेरै खसीबोका ल्याउन व्यवसायीहरू हच्किएका देखिन्छन् ।

पहिला निश्चित संख्यामा ल्याउने अनि बजारको माग हेरेर थप खसीबोका ल्याउने तयारी व्यवसायीहरूको छ ।

प्रकाशित मिति: : 2020-10-12 10:32:00

प्रतिकृया दिनुहोस्