‘सुपरस्प्रेडर इभेन्ट’ का लागि डा फाउचीले गरे ह्वाइट हाउसको आलोचना

अमेरिका वरिष्ठ भाइरसविज्ञ डा एन्थोनी फाउचीले ह्वाइट हाउसमा ‘सुपरस्प्रेडर इभेन्ट’ गरिएकाे भन्दै आलोचना गरेका छन्। 

गएको सेप्टेम्बर २६ अन्तिममा ह्वाइट हाउसमाएक कार्यक्रम गरिएकाे थियाे।

ट्रम्पले सर्वोच्च अदालतकी न्यायाधीशको रुपमा एमी कोनी ब्यारेटको नाम घोषणाका लागि कार्यक्रम गरेका थिए।

उक्त कार्यक्रममा अत्याधिक भिडभाड भएकाे भन्दै उनले आलाेचना गरेका छन्।  

डा फाउचीले उक्त कार्यक्रम कोरोना भाइरसको संक्रमणको केन्द्रका रुपमा देखिएकाे पनि बताएका छन्। 

कार्यक्रममा सहभागी भएका ट्रम्प आफै पनि कोरोना भाइरसबाट संक्रमित भएर उपचारको क्रममा छन्।

यत उनका सहयोगी तथा सल्लाहकारसहित ह्वाइट हाउसका कर्मचारी, रिपब्लिकन सिनेटर, सरक्षा मन्त्रालयका उच्च अधिकारीहरुसहित कोरोना भाइरसबाट संक्रमित भएका छन्।

डा फाउचीले भने, ‘ह्वाइट हाउसमै पनि संक्रमण फैलिएको छ र त्यहाँ हालै सुपरस्प्रेडर इभेन्ट भयो, सो कुरा तथ्यांकले बताउँछ। सो कार्यक्रममा मानिसहरु भिडभाडमा थिए र मास्क लगाएका थिएनन्।’

गएको सोमबार तीन दिने अस्पताल बसाईपछि डिस्चार्ज भएका ट्रम्पले फक्स न्यूजमा मेडिकल इभ्यालुएसन गर्ने छन्। यस्तै उनले ह्वाइट हाउसमा शनिबार प्रत्यक्ष भेटघाटको कार्यक्रमको तयारी गरेका छन्।
 

प्रकाशित मिति: : 2020-10-10 13:33:00

प्रतिकृया दिनुहोस्