नयाँ हवाई रुटको विषयमा भारतसँग छलफल, उडान छिट्टै खुल्ने

लामो समयदेखि भारतले दिने भन्दै आएको नयाँ हवाई रुटको विषयमा छलफल भएको छ । शुक्रबार संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राबीच छलफल भएको हो ।

हवाई क्षेत्रका सम्बन्धमा उहाँहरुबीच भैरहवा नाकाबाट उडान प्रवेश गर्ने साथै नेपालगञ्ज र महेन्द्रनगर नाकाबाट पनि उडान अनुमतिका लागि यसअघि भएको पत्राचारलाई छिट्टै निष्कर्षमा पुर्याउनेबारे कुरा भएको मन्त्री भट्टराइको सचिवालले उल्लेख गरेको छ ।

सिहंदरवारस्थित मन्त्रालयमा भएको भेटमा मन्त्री भट्टराई र राजदूत क्वात्राबीच दुई देशवीचको हवाई, पर्यटन तथा संस्कृतिका बारेमा कुराकानी भएको थियो । 

कोभिड–१९ का कारण बन्द रहेको काठमाडौं र भारतका विभिन्न सहरहरुबीचको उडान चाँडै सुचारु गर्ने बारेमा पनि छलफल भएको छ । भेटमा  मन्त्री भट्टराई र राजदूत क्वात्रा दुवैले  रामायण सर्किटको अवधारणालाई छिट्टै कार्यान्वयनमा ल्याउन दुवै देश सकरात्मक रहेको प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति: : 2020-10-09 14:17:12

प्रतिकृया दिनुहोस्