रामानन्द सरकारले बाँच्नकै लागि शव जलाउँछु भन्ने कहिल्यै सोचेका थिएनन्। तर, उनी ऋणमा डुबे। पैसाको साह्रै अभाव भयो। ४३ वर्षीय उनी भारतको पूर्वोत्तर आसाम राज्यको सुदूर गाउँबाट भागे, ठेलागाडामा उखुको रस बेच्ने व्यापार सुरु गर्न लिएको ऋण तिर्न नसकेपछि।
भागेर राज्यको राजधानीमा त पुगे। त्यहाँ उनले सहजै कहाँ रोजगारी पाउनु? त्यसैले उनी दुई वर्षअघि गुहाटीको घाटतर्फ हान्निए। चितामा आगो लगाउने काम सुरु गरे।
हिन्दुहरूका लागि मानिसको मृत्युपछिको अन्तिम संस्कारले विशेष महत्व राख्छ। दाह संस्कारलाई पवित्र मानिन्छ अनि त्यहींबाट मृत व्यक्तिको पुनर्जन्मको चक्र अन्त्य हुने विश्वास राखिन्छ।
यहाँ एउटा विरोधाभाष छ। दाहसंस्कार पवित्र मानिन्छ तर दाहसंस्कारका समय शवलाई छुने व्यक्तिलाई ‘तल्लो तह’को। समाजमा कलंक बनेर गडेको सोही विश्वासलाई अझै आड दियो कोरोना भाइरसले। जसले भारतमा मात्र १ लाख भन्दा बढी मानिसलाई मारिसकेको छ।