सिटी एक्सप्रेस र दुबईको अल फाडन एक्सचेञ्जले ल्याए दशैं तिहार बम्पर धमाका

सिटी एक्सप्रेस मनी ट्रान्स्फर  र दुबई स्थित अल फाडन एक्सचेञ्जले संयुक्त रुपमा दशैं तिहारको बम्पर धामाका योजना ल्याएका छन्। दशैं तिहारलाई लक्षित गर्दै “दशै तिहार बम्पर धमाका” योजना सार्वजनिक गरिए सिटी एक्सप्रेस मनि ट्रान्सफरले जानकारी दिएको हो। उक्त योजना अन्तर्गत दुबईको अल फाडन एक्सचेञ्जबाट सिटी एक्सप्रेस मार्फत पैसा पठाउदा आकर्षक उपहार तथा नगद उपहार जित्न सकिने सिटी एक्सप्रेसले जानकारी दिएको हो।

उक्त योजनामा बिजेता छनोट लक्की ड्र मार्फत गरिने र बिजेताहरुले हरेक हप्ता टिभी, माईक्रोवेभ जस्ता घरेलु उपकरण  देखी ६ लाख नगद सम्मको बम्पर उपहार जित्न सक्ने दावी सिटी एक्सप्रेसको छ । उक्त योजना नोभेम्बर १४ सम्म चल्नेछ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १४ वर्ष देखि संसार भरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १० हजार भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु सिटी एक्सप्रेसले प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति: : 2020-10-08 10:33:15

प्रतिकृया दिनुहोस्