आज पनि बढ्यो सुनको मूल्य

नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले बढेको हो।

योसँगै सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ५०० रुपैयाँ पुगेको छ। 

त्यस्तै चाँदीको मूल्य पनि बढेर २ हजार २५ रुपैयाँ कायम भएको छ।

प्रकाशित मिति: : 2025-05-22 11:37:00

प्रतिकृया दिनुहोस्