नेपालमा नेगेटिभ, हङकङ पुग्दा कसरी पोजिटिभ ?

थाहा खबर

काठमाडौं

अतिन आचार्य
सरकारले अन्तर्राष्ट्रिय उडान पुन:सञ्चालन गरेपछि वैदेशिक रोजगारमा जाने नेपाली कामदारले कोरोना परीक्षण गर्ने गरेका छन्। रोजगारीका लागि विदेसिने अधिकांश  नेपाली कामदारहरू यतिखेर निजी प्रयोगशालामा कोरोना परीक्षण गरी विदेश यात्रामा गइरहेका छन्। काठमाडौं उपत्यकाको सरकारी प्रयोगशालामा नि:शुल्क परीक्षण हुने भएकोले बढी भीडभाड हुँदा रोजगारीमा जानेले निजी प्रयोगशालामा परीक्षण गरिरहेका छन्। उपत्यकाका १० भन्दा बढी निजी प्रयोगशालामा कोरोना परीक्षण गरिँदै आएको छ।  गत शुक्रबार नेपाल वायुसेवा निगमको नेपाल एयरलाइन्सको ए ३२० जहाजमा गएका ६ जना कोरोना पुष्टि भएको थियो। संक्रमित भेटिएपछि निगमको जहाजलाई हङकङ सरकारले एक साताभन्दा बढी समयसम्मका लागि उडानमा रोक नै लगाएको छ। नेपालमा परीक्षण गराउँदा कोरोना नेगेटिभ देखिएका यात्रु हङकङमा परीक्षण गर्दा संक्रमित रहेको पाइएपछि यहाँका प्रयोगशालाको पीसीआर परीक्षणमा प्रश्न उठेको छ। एउटै मानिसको साता दिनमा परीक्षण गर्दा फरक-फरक रिजल्ट आएको छ, कसरी त्यस्तो हुन्छ ? भनी थाहाखबरले केही चिकित्सकसँग बुझ्ने प्रयास गरेको छ।

प्रकाशित मिति: : 2020-10-07 15:00:10

प्रतिकृया दिनुहोस्