प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी, दुई तिहाइ बढी मतले पारित

अब प्रदेश ५ को स्थायी नाम लुम्बिनी प्रदेश र राजधानी दाङको भालुवाङ हुने भएको छ । आज बसेको प्रदेश ५ को प्रदेशसभा बैठकले सरकारको उक्त प्रस्ताव दुई तिहाई मतले पारित गरेको हो ।

गौतमबुद्धको जन्मस्थल लुम्बिनी प्रदेश नाम राख्ने प्रस्तावको पक्षमा ७९ र विपक्षमा ४ मत परेको थियो ।

प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ राख्ने प्रस्तावको पक्षमा ६९ र विपक्षमा १३ मत परेको थियो । दुई तिहाईले दुवै प्रस्ताव पारित भएको सभामुखले जानकारी गराएका थिए ।

प्रदेशसभा बैठकले दुई तिहाईले नाम लुम्बिनी र राजधानी दाङ राख्ने प्रस्ताव पारित गरेपछि बुटवलमा भने असन्तुष्टि बढेको छ । बुटवल पनि राजधानीको दाबेदार थियो ।

प्रदेश ५ को नाम लुम्बिनी र राजधानी दाङ बनाउने सरकारको प्रस्तावसहित चार वटा प्रस्तावमाथि मतदान हुँदा तीनवटा प्रस्ताव अस्वीकृत भएका थिए ।

नाम लुम्बिनी र राजधानी दाङ राख्ने सरकारको प्रस्तावमा दुई तिहाई मत प्राप्त भएको हो । ८७ सांसद संख्यामध्ये ६१ जना नेकपाका भएका र उक्त दलले ह्वीप पनि जारी गरेकाले प्रस्तावको पक्षमा आवश्यक मत पुगेको हो ।

प्रकाशित मिति: : 2020-10-06 23:55:00

प्रतिकृया दिनुहोस्