डा. केसीको जीवनरक्षा गर्न राप्रपा अध्यक्ष थापाकाे आग्रह

 राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अनशनरत प्रा.डा. गोविन्द केसीको जीवनरक्षा गर्न आग्रह गरेका छन्।

थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष डा. केसीको जीवनरक्षा गर्न ध्यानाकर्षण गराएका हुन्।

 मेडिकल शिक्षा सुधार र विगतमा भएका सम्झौता कार्यान्वयनको माग गर्दै  १९औं अनशन जुम्लाबाट सुरु गरेको भए पनि केसी हाल त्रिवि शिक्षण अस्पताल महाराजगन्ज छन्। आज मात्रै उनलाई श्‍वास फेर्न कठिन भएपछि अक्सिजन दिइएको छ।

प्रकाशित मिति: : 2020-10-04 17:47:23

प्रतिकृया दिनुहोस्